दर्शक भन्छन झुर रहेछ छक्कापञ्जा २,फिल्ममा भन्दा बिज्ञापनमा खर्चिएको देखियो

काठमाडौं ।

गएको वर्ष नेपाली बक्स अफिसमा सबैभन्दा बढि कमाई गरेको ’छक्का पञ्जा २ ले हलहरुमा बुधबार देखी प्रर्दशन थालेको छ । सामाजिक बिषयवस्तुलाई व्यांग्यात्मक प्रस्तुति दिन निपूर्ण कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाले निमार्ण गरेको चलचित्र छक्कापञ्जा २ को बजारमा निक्कै हल्ला चल्यो । फिल्म निमार्णमा भन्दा बिज्ञापनमा दोब्बर खर्चिएको छक्कापञ्जाले पहिलो दिनका दर्शकलाई निक्कै निराश बनाएको छ । चलचित्रमा अघिल्लो पटक बैदेशिक रोजागारीमा जाने नेपालीका समस्यालाई बिषयवस्तु बनाएर मनग्ये पैसा कमाएको छक्कापञ्जाले यसपटक पनि नेपाली युवाहरुको बिदेश सपनालाई उठाउन खोजेको छ ।  तर बिषयवस्तु र प्रस्तुतिवीचको तालमेल नहुँदा चलचित्र छक्कापञ्जाले पहिलो गाँसमै ढुङ्गा बनाएको हलबाट निस्कने दर्शकहरुको प्रतिक्रिया छ ।

 

चलचित्रमा एउटा परिवार छ आमा वकिल बाबुले बृद्धाश्रम चलाउछन उनिहरुकी एकमात्रै छोरी बिदेश जान चाहान्छन । आमाको भुमिका नायिक प्रियकां कार्की छन भने बाबुको भूमिकामा शिवहरी पौडेल । छोरीको भुमिकामा रहेकी स्वास्तिमा खडका कम नम्बरआएकाले अष्ट्रेलिया जानबाट बञ्चित छन । तर नक्कली बिहे गरेर डिपेण्डेण्ट भिषामा अष्ट्रेलिया जान खोजेकी आकांक्षाका लागी लैजाने केटा भेटिन्छ । केटाको भूमिकामा स्वरुपपुरुष ढकाल हुन्छन । उनिहरुका अष्ट्रेलियाको भिषा अप्लाई गर्न नक्कली बिवहा दर्ताको कागज लिन जाँदा उतै केटाकी आमाले दुईजनाको बिहे गरिदिन्छन । यता केटीका पारिवार आफ्नी एक्ली छोरी घरबाट ३ दिन हराएपछि निक्कै चिन्तित हुन्छन । अन्तते छोरीको रहस्य थाहा हुन्छ ।

आमा यसको बिरोध गर्छिन तर बिदेश अष्ट्रेलियाको नशा लोगेको छारी आमाको कुरा सुन्दिन बरु घर नै छाडीदिन्छ । तर उसको भिषा फेरि पनि लाग्दैन । विदेश मोहले समाजमा घट्ने यस्तै घटनाको बिषयमा २ घण्टा २५ मिनेटको चलचित्र घुमेको छ । निर्देशक दिपकराज गिरीले निर्देशन गरेको चलचित्रमा विशेषगरी फिल्मको संवाद र कलाकारको अभिनय भने दर्शकको मन जित्ने खालको छ । सरसर्ती हेर्दा चलचित्रमा लगानी समेत गरेका केदार घिमिरे माग्ने बुढाको अभिनयले नै छक्कापञ्जा २ को उत्कृष्ट पक्ष झल्काउछ । यसैगरि लक्ष्मी गिरी जितु नेपालको भूमिकाले पनि दर्शकले तिरेको पैसामाथी अन्याय गरेको छैन भन्न सकिन्छ ।

हाँस्यकलाकारहरुले निमार्ण गरेको भएर पनि होला दर्शकलाई हसाउने बिषयमा चलचित्र छक्कापञ्जा राम्रो छ । संवाद नराम्रो छैन । गितमा शुरुवातको चोरीको आरोपमा बिवाद भएपनि समग्रमा लयमा भएझैनै लाग्छ । सम्रगमा चलचित्रले हल्लामात्रै बढि गरेको प्रिमियर शो हेरेर फर्केका दर्शकको प्रतिक्रिया छ । उनिहरु भन्छन निर्माता तथा निर्देशक कलाकारको टिम चलचित्रलाई क्वालिटी दिनभन्दा बिज्ञापनमा खटेको देखियो यसकारण चलचित्र झुर छ । यसो त नेपालमा चलचित्रहरुको क्वालिटीका कारणमात्रै भन्दा पनि हल्लाका कारण बढि चल्ने गरेको हुदाँ हेरेर फर्कने दर्शकहरु बिज्ञापनकै आधारमा एकपटक दर्शकलाई हलसम्म तानेर पैसा भने कमाउन सक्नेछ ।

Related posts

Leave a Comment