किन रोकियो एसपी चौधरीको सरुवा ?

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखमा सरुवा गरिसकेका अधिकांश प्रहरी उपरीक्षक (एसपी)ले जिम्मेवारी सम्हालिसकेका छन् ।

धनुषा प्रमुखमा सरुवा भएकी एसपी मीरा चौधरी भने कहिले त्यता जानुपर्ने भन्नेमा बेखबर छिन् । सरुवा भएको बाहेक थप केही जानकारी छैन । हाल केन्द्रीय अनुसन्धान ब्युरोमा छु, चौधरीले भनिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एसपी चौधरीलाई धनुषा पठाउने निर्णय सच्याउन र हाल प्रमुख रेहका लालमणि आचार्यलाई नै कायम राख्न गृहमन्त्री जनार्दन शर्मा र प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई निर्देशन दिएको चर्चा चलेको थियो ।

तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले गत भदौ २१ गते आचार्यलाई धनुषा प्रमुख बनाएका थिए । अन्नपूर्ण 

 

Related posts

Leave a Comment