चिहानको सिरानीमा भारतेबासीका अधूरा सपना

हिरा अधिकारी/लमजुंग |

देश मा प्रजातन्त्र लोकतन्त्र हुदै गणतन्त्र को उदय भयो हजारौ नेपाली सहीद भए बेपत्ता भए र अङ्ग भङ्ग पनि भए। कथित जून सुकै तन्त्र आए पनी जनता सधै बत्ती मुनिको अधेरोमा जस्तै जीबन बिताई रहेका छन। लमजुंगको सुगम भएर पनी बिकास को दृष्टिकोणले दुर्गम ठाउँ भारतेबासी त झन चिहान को घर मा रात व्यतित गर्न बाध्य छन।

जनता ले पाल मुनि जीबन निर्बाह गरेको दुइ बर्ष नाघेको छ। देशमा तीन तीन प्रधानमन्त्री ले शासन को बागडोर सम्हाली सके तर पाल मुनि राहतको आशामा झरी बादल कस्ट सहने भूकम्प पीड़ित का आशा मा कहिलै खुसी आउन सकेको छैन। बिनासकारी भूकम्प ले कसैको परिवार लगेको छ, कसैको बास त सिंगो नेपाल कै इतिहास र अमूल्य सम्पत्ति तथा संरचना हरु पनी ध्वस्त भएका छन। सबैलाई सरकार को उपस्थिति र राहत को खाँचो भएको र सरकारी अनुगमन आउँदा तत्कालीन अनुगमनमा लमजुंग को भारते मा भएको असमान लाजप्रद ठुला ठालु को अनैतिक हस्तक्षेप को बारे सूचित गर्दैछू।

लमजुंग सदरमुकाम बेशिसहर बाट १८ किलोमीटर टाढा रहेको भारते भौगोलिक रुपमा प्रसस्त सम्भावना हुँदा हुँदै पिछडीएको गाउँ हो। साबिक को भारते गाविस अन्तर्गत नौ वडा रहेको यस गाउँको माटोबाट राज्यका विभिन्न उच्च तह र राजनीतिक दल को नेतृत्व गर्ने हस्तीहरु जन्मिएका छन। पूर्ब मन्त्री सांसद राजनीतिक दल को केन्द्रीय नेतृत्व मन्त्रालयका सचिब डाक्टर बरिष्ठ इंजीनियर प्रोफेसर उद्योगपति र पत्रकार तथा मीडियाकर्मी हरु आज यही माटो बाट राज्य का बिभिन्न तह र ठाउँ मा स्थापित भएका छन। तर आफ्नो जन्म भूमि प्रति विकास निर्माण को लागि कुनै पहली कदम चलाएको पाइदैन। जन्म भूमि र माटो को माया लाई आधार बनाएर राजनीति गर्ने बर्ग ले समेत भारतेबासी निमुखा गरीब र समाज मा आफ्नो स्पष्ट उपस्थिति जनाउन नसक्ने बासिन्दा माथि अत्याचार हुदा केहि नबोलीनु खेदजनक छ। भूकम्प ले सबै को मन फटाएको छ। प्रायः सबैका घर चिरिएका छन तर तत्कालीन अनुगमन मा कथित नागरिक मंच को घृणाजनक अबलोकन नेतृत्व ले यहाँका बासिन्दा सरकारी राहत बाट बंचित भएका छन। पार्टीगत पृष्ठभूमि बाट चुनिएका नागरिक मंच का झुण्ड ले नितगत स्वार्थ मा लिप्त भई एकल महिला बृध्द बृद्धा र बेसहारा को धज्जी उडाएका छन। माटो र ढुङ्गाले बनेका घर मा कति बेला भित्तो भतकीएर मर्नु पर्ने हो भनी चिहान को सिरानी हालेर रात बिताउन बाध्य छन यहाँका बासिन्दा हरु।

राज्य को अनुगमन मा सरकारी प्राविधिक टोली आउँदा आफ्नो घर लाई पूर्ण क्षति मा पारी अन्य को नदेखाउने तत्कालीन नागरिक मंच का पदाधिकारी लाई राज्य ले कानून को कठघरा मा उपस्थित गराउनु पर्ने देखिन्छ। राहत पाउन को लागि एकाघर मा बसेका भाई छुटटीएर घर र धनसार को रातोकार्ड लिएका छन। कही एकै घर को समेत बोल्ने कोही नहुँदा पाल समेत पाएका छैनन। राज्य को राहत लाई यसरी अनैतिक वितरण गर्ने र गर्न को लागि सिफारिस दिने जो कसैलाई पनी हद सम्म को कारबाही हुन पर्दछ। आफ्नो ठाउँ को बिकास र समान प्रतिनिधितत्व को लागि कामगर्ने यस्तै नियति ले आज यस भेग का जनता उपेक्षित भएका छन। हुने लाई र बोल्ने लाई जता बाट पनी पारिएको छ नहुने एकल महिला बृद्धा र परदेश मा कमाउन गएका को घर लाई अनुगमन नगरिनु कति सम्म हृदयविदारक छ। यस्तो अनियमितता भई रहदा अब उठेको यस्तै आवाज लाई प्रशासन ले कस्तो एक्सन लिन्छरु हेर्न बाकी नै छ। यहाँ का राजनीतिक दल ले भारतेबासी लाई खाली भोट बैंक को रुपमा मात्र प्रयोग गरेका छन। चुनाब मा चरका नारा लिएर जनता लाई हरेक पटक उल्लू बनाइएको छ अब यहाँ का जनता जागनु पर्ने बेला आएको छ। बिकास गर्छु भन्ने लाई हौसला र खबरदारी दिने बेला आएको छ। तत्कालीन भूकम्प ग्रस्त क्षेत्र मा पुग्न को लागि एडीबीले भोटेवडार भारते गौड़ा सड़क स्तरउन्नति गर्न दिएको अनुदान लाई किन परिचालित गरिएको छैन ? के कारण रोकिएको छ यो योजना ? कसको सहमति चाहिने हो ? जनता लाई किन यसको सार्बजनिक सुनुवाई गरिएको छैन ? की यो आयोजना पनी केहि बर्ष अघि भारते का लागि सिचाई को लागि नहर प्रस्तावित हुदा जग्गा बिबाद को कारण अन्य क्षेत्र मा गएको जस्तै गरि गैसकेको छ ? जनता चाही चन्दा उठाएर यहाँ को बिकास को लागि बाटो खनेका छन। जिल्ला मा बसेर सड़क स्तर उन्नति मा आएको योजना लाई लागू गर्न नसक्ने राजनीतिक दल र प्रतिनिधि को नैतिकता के हो ? राज्य ले संसद बिकास कोष बाट संसद लाई अरबौ बाडेको छ तर भारते मा यो सहयोग किन प्राप्त हुदैन कसैले आंकलन गरेको छ ? किनकी यहाँ का जनता यहाँ का युबा मा चेतना छैन चुनाब जितने सग स्पस्ट कार्ययोजना छैन भारते को लागि। यहाँ का जनताको सोझो पन को फाइदा मात्र उठाउने काम भएको छ राजनीति लाई धर्म को संज्ञा दिएर प्रचार गराइएको छ। फलसवरूप चुनाब हुन्छ जीतने चाही सिंहदरबार हुन्छ। भोट दिने का दुःख र आशा भरोषा खरानी हुन्छन।

अब नयाँ युग र नयाँ विकेन्द्रीकृत राज्य सत्ता आएको छ। नया जनप्रतिनिधिलाई आम भारतेबासी जनता ले आफ्ना सपना हरु लाई सुनुवाई गर्न दबाब दिने सुबर्ण अबसर जुटेको छ। तपाई हरु ले दिएको मत सही छ या गलत प्रमाणित हुनेछ भन्ने कुरा अब को काम गराई र हिजो को चुनाब प्रचार मा हिड्दा गरिएको घोषणा लाई तुलना गरौला। तपाई हरु का काख का छोरा हरेक घर बाट बैदेशिक रोजगार मा गएका छन हाम्रो ठाउँ मा जीविकोपार्जन गर्न कठिन भयो भनेर सुबिधा का लागि बुहारी हरु सहर केन्द्रित भएका छन। छोराको कमाई बुहारी को बसाइले सकेको कुरा तपाई हरुलाई थाहा छ।तपाई को मतदान ले के फेरि परदेश को छोराले घरमै केहि गर्लारु सहर पसेकि बुहारी ले गाउ फ़र्कलीनरु कति बुझेर स्थानीय बिकास को लागि स्थानीय प्रतिनिधि चयन गर्नु भएको छ परदेशी छोरा र सहर पसेकि बुहारी लाई जबाफ दिनु पर्ने देखिन्छ। अब गाउपालिका बाट बजेट विनियोजन भइसकेको छ। सार्बजनिक सुनुवाई गराएर मोटर बाटो र खानेपानी को स्तर बिकास को लागि हुन सक्ने बजेट लगानी गरेर भारते को मुहार फेर्न लाग्नुहोस। जनप्रतिनिधि ज्यू हरु भुकम्प ले थलिएका जनता लाई सरकार ले गुनासा आबेदन खुलाएको अबस्था छ।

सही सूचना दिएर पीड़ित को छानो छाउने काम गर्नुहोस। जनता को भोट को सम्मान गर्नु हुन्छ भने अनियमित रातोकार्ड वितरण लाई छान बिन गरि बास्तविक पीड़ित लाई राहत पुर्याउनु होस। तपाई को पछाडि जनता छन र हामी युबा छौ।

बिकासको दृष्टि ले दुर्गम र भूकम्प ले थलिएका माटो का घर हरु भारतेबासी जनता को लागि आफ्नै चिहान सरह भएका छन। आकाश को गर्जन मा पनी ढलन सक्ने घर हरु मा कस्टकर रात बिताउने आम जनता को चैन को नीद हराएको दुइ बर्ष भएको छ। केन्द्र सम्म सम्पर्क भएका हाम्रा नेता तथा प्रतिनिधि हुदा पनी उपेक्षित हाम्रै भारते मात्र किनरु अब पनी भारतेबासी जनता ले नबुझे कहिले बुझ्ने ?

Related posts

Leave a Comment