चिनियाँ उपप्रधानमन्त्री सोमबार नेपाल अाउँदै

काठमाडाैँ । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ सोमबार नेपाल भ्रमणमा आउनुहुने भएको छ ।

सोमबार साँझ नेपाल आईपुगेपछि उहाँले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने तय भएको छ । त्यसपछि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ । याङ पाकिस्तानबाट विशेष विमानमा उडान गरी सोमबार सिधै सोल्टी होटल जानुहुनेछ ।

आइतबार इश्लामावाद पुगेका चिनियाँ उपप्रधानमन्त्री वाङ सोमबार रणनीतिक साझेदार पाकिस्तानको ५० औँ स्वतन्त्रता दिवसमा सहभागी भएर नेपाल आउन लागेका हुन्।

वाङले सोमबारदेखि बुधबारसम्म तीन रात बिताउने छन्। वाङका द्विपक्षीय र अन्य प्रमुख भेटवार्ता सोल्टीमै तय गरिएको छ। उपप्रधानमन्त्री वाङले नेतृत्व गर्ने चिनियाँ प्रतिनिधिमण्डलमा तीन जना सुरक्षा तथा मेडिकल स्टाफ सहित २१ जना रहनेछन्।

Related posts

Leave a Comment