चित्रकार राईलाई रु ३८ हजार सहयोग

काठमाडौँ । नेपाल ललित कला मञ्चले नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारमा रहनुभएका चित्रकार शान्तकुमार राईलाई आज रु ३७ हजार पाँच सय आर्थिक सहयोग प्रदान गरेको छ ।

एक महिनाअघिदेखि पेटको समस्याका कारण अल्का अस्पताल जाउलाखेल र अपोलो अस्पताल नयाँदिल्लीमा उपचारपछि उहाँलाई १० दिनअघिदेखि सो हस्पिटलमा राखिएको छ ।

मञ्चका अध्यक्ष लालकाजी लामाको नेतृत्वमा गएको टोलीमा उपाध्यक्ष दीपेन्द्र बनेपाली, रामकुमार गोर्खाली तथा नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केलीलगायत हुनुहुन्थ्यो ।

लामाले मञ्चका संस्थापक अध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य राईको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग रकम उहाँकी पत्नीलाई हस्तान्तरण गर्नुभएको थियो ।

Related posts

Leave a Comment