काँग्रेसका सांसदहरुले एक महिनाको तलव बाढी पीडितलाई दिने

काठमाडाैँ । नेपाली काँग्रेसका सांसदहरुले एक महिनाको तलव पीडितहरुलाई दिने घोषणा गरेका छन् । नेपाली काँग्रेस केन्द्रिय कार्यसम्पादन बैठकपछि बोल्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यस्तो बताउनु भएको हो ।

‘हाम्रो दलका जति सांसद छौं सबैले वाढी पीडितको राहतका लागि एक महिनाको तलब उपलव्ध गराउने निर्णय गर्यौँ’ नेता पौडेलले भने, ‘ बैठकले बाढी प्रभावित क्षेत्रमा पीडितहरुलाई बैकल्पिक बासको व्यवस्था गर्न र उनीहरुलाई तत्काल खानेकुरा उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलको आग्रहमा प्रधानमन्त्री तथा कांग्रेस सभापतिले बैठक बोलाउनुभएको थियो ।

Related posts

Leave a Comment