यसकारण मनले भन्छ अब दशै दशै रहेन, केवल औपचारिकता मात्रै

 

हिन्दुहरुको महान पर्व दशै, तर दशै समयसँगै बदलिएको छ । पहिलेपहिले जब दशैको कुरा आउछ मिठो खान राम्रो लगाउने साथीसंगती बस्ने रमाईलो गर्ने पर्वका रुपमा चित्रित हुन्थ्यो । जमना यस्तो थियो नयाँ लुगा लगाउनुपरे दसैं कुर्नुपर्ने थियो । तर त्यसैमा खुबै रमाइलो हुन्थ्यो यस्तो कुरा अचेल कुनै कथाजस्तै लाग्छ । हामी आफैलाई अबको पिढीले भने दशैलाई कस्तो स्मृति बनाउने हुन त्यो देख्न बाँकी छ । समय यसरि फेरियो कि दशैमा किन्ने लुगा अहिले हप्ता हप्ता किन्ने चलन छ । माछा मासु बिनाका परिकार नै बन्न छाडे । खालि यत्ति हो कि आफूले बजेटको व्यवस्थापन गर्न सक्नुपर्छ । पहिलाजस्तो दसैंमा घर रंगाउने, रमाइलो गर्ने, दक्षिणा थाप्ने र नयाँ ड्रेस लाउने परम्परा इतिहास भइसक्यो । हाम्रा लागि पनि वर्ष, महिना, साता त के, दिनको २४ घण्टा पनि कम लाग्न थालेको छ । त्यसैको बदलाव हुनुपर्छ, दसैंको फुर्सदिलो समयमा कुनै उपयोगी काम गर्ने चलन बढेको छ । कानमा जमरा, निधारमा रातो टीका लगाएर हातमा दक्षिण थाप्दै दसैं मनाउने चलनलाई विशेषगरी युवा पुस्ताले नै बढी परिवर्तन गरिरहेको छ ।

बहुदलीय प्रजातन्त्रको आगमनसँगै देशको ठूलो संख्यामा युवा जमातको लस्कर मध्य पूर्वी अरबतिर लाग्न थालेको थियो । त्यसपछि आएको दसैं सम्झेर लोक दोहोरो गाउँदै फोनमा घर–परदेश रुने–रुवाउने चलन पनि अब पुरानो भइसक्यो । यस डिजिटिल युगमा जो जहाँ छन्, त्यहीं चाडपर्व मनाउने, रमाइलो गर्ने संस्कृति विकास भइरहेको छ । असी वर्षका बा–आमाले गोबरले लिपिएको घरमा बसेर अस्ट्रेलिया, अमेरिका, युरोपको मोडर्न लाइफ स्टाइलमा भिजिसकेका सन्ततिलाई भिडियो च्याटमार्फत साइतअनुसार टीका लाउन निर्देश गर्दै आशीर्वाद दिनु अब नौलो भएन । यसले फेसबुक, ट्वीटर र इन्स्टालाई दसैंमय बनाउने गर्छ ।

शत्रु नाश होऊन्, गति वायुको जस्तो होस्, धन दशरथको जस्तो होस्, चिरञ्जीवी भएस्।।। भनी आशीर्वादका वाक्यहरू पनि धेरै लम्ब्याउनुपर्ने छैन किनभने अहिलेका मान्छेमा समय अत्यन्तै कम छ । सडकदेखि सपिङ मलसम्म जो पनि हतार गरिरहेका देखिन्छन् । अमेरिकाको भिसा पाऊन्सम्मका आशीर्वाद पनि सुनियो तर अमेरिका ताक्नेहरू डोनाल्ड ट्रम्पसँग झस्किएका छन् । त्यसैले पुरानै तर एउटै वाक्यको आशीर्वाद दिए पनि काफी हुने देखिएको छ– चन्द्रमा दाहिना हुन

सन्तानले डाँडाकाँडा ढाकुन्, दुबो मौलाएझैं मोलाऊन् भनेर दिइने आशीर्वादलाई अब अर्को चस्माले हेर्ने समय आइसकेको छ । भौगोलिक रूपमा फैलिएको क्षेत्रको तुलनामा जनसंख्या धेरै भएको क्षेत्र नै ठूलो बजारमा स्थापित भइसकेको छ । जमिनदारलाई धनाढ्यमा तेल र ग्यास उद्योगले विस्थापित गरेका थिए । तेल–ग्यास उद्योगलाई टेक्नोलोजी बिजनेसले पछाडि पारिसकेको छ । एप्पल, सामसुङ, गुगल, अमेजन विश्वकै धनाढ्य कम्पनी भइसकेका छन् । सानो रूपमा भए पनि यस उद्योगमा नेपाली उपस्थिति बढिरहेको छ । त्यसैले यस दसैंको आशीर्वाद नयाँ आइडियाको बिजनेस उत्तम हुन्छ किनभने अहिलेका युवाको चाहना जागिर खाने होइन, नयाँ आइडिया ल्याएर बिजनेस गर्नेरगराउने हो ।

नीलो आकाशमा चंगा चेट, चच हुइँ गर्दै केहीबेरका लागि भए पनि जमिन छाड्दै खेलिने पिङ त चलेकै छन् । परम्परागत परिकार बनाएर खाने चलन पनि यथावत् छ । यसमा दशकयता थपिएको छ– घुमफिर । हाइकिङ, ट्रेकिङ वा सौराहा, पोखरालगायत मनोरम स्थलको भ्रमणले माइन्ड फ्रेस बनाउँछ, जसले नयाँ आइडिया वा राम्रो काम गर्ने ऊर्जा बढाउँछ । त्यसैले दसैंमा टीका लगाएर घुम्न निस्कने नेपाली युवाको संख्या बढ्दो छ । उनीहरूको गन्तव्य बैंकक, सिंगापुर, मलेसिया, दुबई पनि हुन थालिसकेको छ । यसले नेपालीको आय बढेको संकेत पनि गर्छ ।

बिजेनस गर्नेका लागि कमाउने अवसरका रूपमा पनि रहेको दसैंमा धेरैले ग्याजेट फेर्ने, बुक पढ्ने, म्युजिक सुन्ने, खेल्ने वा अरू नै केही गर्ने योजना पनि बनाउने गर्छन् । दसैं हिन्दु पर्व हो तर यो चाड हिन्दु धर्मावलम्बीमा मात्र सीमित छैन । दसैंले नछोएको कुनै पनि समुदाय छैन । तर आ–आफ्ना मौलिक पहिचान खोज्दै जाने क्रममा दसैंलाई भिन्न वा आफ्नै तरिकाले मनाउने पनि बढेका छन् । विभिन्न जनजातिमा सेतो टीका लगाउने र नलगाउने थुप्रै छन् तर नातेदार भेटघाट गर्ने अवसर भने यसैलाई बनाएका हुन्छन् ।

 

Related posts

Leave a Comment