दसैँमा एकजनालाई २७ हजार नोट

नेपाल राष्ट्र बैंकले दसैँमा प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिने भएको छ ।

बैंकले आफ्ना आठवटा कार्यालय र सरकारी बैंकका १६ शाखामार्फत नयाँ नोट सटही सुविधा दिने भएको हो ।

आगामी २८ भदौदेखि सर्वसाधारणले नयाँ नोट लिन सक्ने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

‘राष्ट्र बैंकले उपत्यकामा थापाथली र उपत्यकाबाहिरका सात प्रदेशमा रहेका क्षेत्रीय कार्यालयमार्फत नयाँ नोट उपलब्ध गराउनेछ,’ उनले भने, ‘यसपालिलाई एकजना व्यक्तिले २७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनेछ ।’

राष्ट्र बैंकले सरकारी स्वामित्व रहेको नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका केही शाखामार्फत नयाँ नोट सटही सुविधा दिने उनले जानकारी दिए ।  नयाँ पत्रिका

Related posts

Leave a Comment