डेंगु सार्ने इडिस एजिप्टाई जातको पोथी लामखुट्टे फेला

विराटनगर ।

गत वर्ष डेंगु रोगबाट प्रभावित मोरङको पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकामा यस वर्ष पनि डेंगु सार्ने इडिस एजिप्टाई जातको पोथी लामखुट्टे फेला परेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले पथरीशनिश्चरेको पथरी बजार र उर्लाबारी बजारमा डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान नष्ट गर्ने कार्यक्रमका सन्दर्भमा त्यस प्रकारका लामखुट्टे प्रशस्त फेला परेको कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत मोहमद वासिम मियाँले बताउनुभयो ।

बजारमा अनुगमनका क्रममा डेंगु सार्ने इडिस एजिप्टाई जातको पोथी लामखुट्टे तथा त्यसका लार्भाहरु प्रसस्त मात्रामा फेला परेको उहाँले जनाउनुभयो । ती लामखुट्टे संक्रमित भएको खण्डमा रोगको जोखिम बढ्ने भएकाले लामखुट्टेको वासस्थान नष्ट गर्न स्थानीयको सक्रियता आवश्यक रहेको औंंल्याउनुभयो ।

Related posts

Leave a Comment