बाढी पहिरोले देशभरको जनजिवन कष्टकर, ५० हजार घर डुवानमा

काठमाडाैँ ।

निरन्तरको वर्षपछि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न जिल्लाको जनजीवन कष्टकर बनेको छ । तराईका अधिकांश जिल्लामा सडक बगाउँदा यातायात अवरुद्ध भएको छ भने खानेपानी, बिजुली, टेलिफोन सेवाहरु अवरुद्ध भएका छन् । पहाड विभिन्न क्षेत्रमा बाढी तथा पहिरोले स्थानीयमा त्रास फैलिएको छ ।

बाढीका कारण पुर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, धनुषा, बारा, नवलपरासी, दाङ लगायत जिल्लाका हजारौं घर डुबानमा परेका छन् । सप्तरीमा १५ हजार घर डुबानमा परेका छन् । एक हजार परिवार बिस्थापित भएका छन् । खाँडो, कोसी, जिता, महुली, बलान, खडग, सुन्दरी, भलुवाही, त्रियुगा लगायतका नदीमा आएको बाढीका कारण सदरमुकाम राजविराज सहित जिल्लाका २ दर्जन बढी गाउँ डुबानमा परेका छन् । तिलाठी, सकरपुरा, मल्हनिया, कोईलाडी, वनरझुला, टिकुलिया, वरसाइन, तोपा, मौवाहा, बेल्ही, देउरी भरुवा, भेडिया, मधवापुर, लगायत २ दर्जन बढी नगर तथा गाउँपालिकाका सबै घर पानीमा डुबेको छ ।

जिल्ला प्रशासन कार्यालय, अञ्चल प्रहरी कार्यालय, जिल्ला अदालत, कृषि बिकास बैंक सुपरिबेक्षण कार्यालय, जिल्ला कृषि विकास कार्यालय लगायतका कार्यालय पनि डुबानमा परेका छन् ।

भारतीय पक्षले दसगजासंग जोडेर निर्माण गरेको पक्की बाँधका कारण बिभिन्न नदीमा पानी निकास हुन नसक्दा सप्तरीको मल्हनिया गाँउ तिनदिनदेखी टापुमा परिणत भएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका अन्तरगत बीच कोसीमै रहेको गोबरगाढा गाउँ हिजो बिहानबाट सम्पर्क बिच्छेद छ भने अधिकांशले घर छाडेका छन् । बाढीमा फसेका ५० परिवारका २ सय भन्दा बढी अझै उद्धारको पर्खाईमा छन् ।

नवलपरासीको दक्षिणी प्रतापपुर गाउँपालिका वडा नम्बर ३ का एक एक सय घरपरिवार डुवानमा परेका छन् । भित्रि कच्चि सडक जलमग्न भएर आवगमन अवरुद्ध भएको छ । पुर्वपश्चिम राजमार्गको बर्दघाट चिसापानी सडक खण्ड बाढिले जलमग्न भएर हिडन नमिल्ने भएको छ । दाउन्नेमा गएको पहिरोका कारण रोकिन बाध्य गाडी चिसापानी खण्डमा डुबेको सडकमा अलपत्र परेका छन् । लगातारको बर्षाले झापाका हजारौं घर डुबानमा परेका छन् ।

यस्तै रतुवा, कमल, बनियानी, झिलझिले, सतासी, कनकाई, विरिङ, अन्धुवा, देउनिया, निन्दा, मेचीलगायतका नदी र खोलामा आएको बाढीले जिल्लाका दर्जनौं गाउँ डुबानमा परेका छन् । सयौं घरपरिवार विस्थापित भएका छन् । जिल्लाको दक्षिणी ग्रामिण क्षेत्रका दर्जन बढी बाटोमा क्षति पुगेको छ ।

उता दाङमा रातभर भएको अविरल बर्षाका कारण बिभिन्न बस्ती डुवानमा परेका छन् । बाढीका कारण लमही–घोराही–तुलसीपुर सडकखण्ड अबरुद्ध भएको छ । चितवनको रियू र चितै खोलामा आएको बाढीले माडी नगरपालीको १६ घरमा क्षति पुगेको छ । त्यहाका १० वटा पुल बगाएकाले यातायात बन्द भएकाले आवागमनमा कठिनाई भएको छ ।

बाढीबाट जोगाउन लगाईएको १२ वडा ड्याममा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । प्रजिअ भट्टका अनुसार ३ सय घरमा आशिंक क्षति पुगेर बस्न नहुने भएको छ । रौतहटकोको चन्द्रनिगाहापुर, गरुडा, शिवनगर, महम्मपुर, हर्साहा, रमौली बैरिया, जिंगडिया, ब्रम्हपुरी, लगायतका बस्तीहरु डुबानमा परेका छन् । बिभिन्न नदी खोलामा आएको बाढीका कारण जिल्लाको आधा भन्दा बढी क्षेत्र डुवानमा परेको छ । धनुषा सदरमुकाम जनकपुरसहित विभिन्न स्थानको जनजीवन कष्टकर बनेको छ । पूर्वी धनुषाको कमला नदीमा आएको बाढीबाट आधा दर्जन बढी गाउँ डुवानमा परेका छन् ।

धादिङको विकट वस्ती रुवीभ्याली–४ हिन्दुङको पुरै वस्ती जोखिममा परेको छ ।

याे पनि पढ्नुहाेस् ः

बाढी पहिरोले देशभरी ३१ जनाको मृत्यु, १५ भन्दा बढी बेपत्ता

सप्तकोशीका ढोकाहरु खोल्न भारतले अटेर गर्यो

झापामा बाढीबाट चारजनाको मृत्यु

सप्तकोशीमा पानीको बहाब प्रतिसकेन्ड २ लाख ८७ हजार ३ सय २२ क्यूसेक

कोसीको बाढी खतराको संकेतमाथि, ३७ ढोका खोलियो, थप ढोका खोल्न पहल

तत्काल उद्धार गरी राहत दिन प्रधानमन्त्रीको निर्देशन

राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन

रौतहट पुरै जलमग्न, बकैया नदीनै गाउँ पस्दा सयौँ घर डुवानमा

पुल भत्किएपछि भरतपुर माडी ठोरी हुलाकी सडक अवरुद्ध

पुल बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

 

Related posts

Leave a Comment