एक लाख रुपैयाँसहित हेटौडाबाट ८ जुवाडे पक्राउ

मकवानपुर |

जिल्ला प्रहरी कार्यालय मकवानपुरले एकलाख ३० हजार रुपैयाँसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ ।

उनिहरुलाई मकवानपुर हेटौडा उपमहानगरपालिका ७ शान्तिटोलस्थित एक कुखुरा फर्ममा तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरी नायव उपरिक्षक दिलिपराज झाले बताए ।

उनिहरुको साथबाट एक लाख तीस हजार छ सय पच्चीस रुपैयाँ  र १३ बुक तास पनि बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन २०२० बमोजिम म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जनाएको छ । 

Related posts

Leave a Comment