इङ्गलिस प्रिमियर लिग: म्यानचेष्टर सिटी ५—० विजयी

इङ्गलिस प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा म्यानचेष्टर सिटी विजयी भएको छ । सिटीले लिभरपुललाई ५—० को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

१० खेलाडीमा सीमित लिभरपुललाई हराउन सर्जियो अगुएरोको २४ औं मिनेटमा पहिलो गोल गरे । फरवार्ड साडियो मानेले सिटीका गोलरक्षक एडरसनलाई फल हानेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए ।

पहिलो हाफमा २—० ले अघि रहेको सिटीका लागी दोस्रो गोल ग्यब्रिएल जिससले अतिरिक्त समयमा गरेको थिए ।

दोस्रो हाफमा उनकै स्थानमा मैदान प्रवेश गरेका लेरोय सानेले २ गोल गरेपछि सिटी ५—० ले विजयी बन्न सफल बन्यो ।

 

Related posts

Leave a Comment