फेसबुकले भत्काउदै पारिवारिक संरचना, श्रीमान विदेश श्रीमति अर्कैको प्रेमजालमा

दृश्य : १

शुक्रबार प्रहरीको महिला सेलमा एउटा उजुरी आयो । दुई बच्चालाई काखमा च्याँपेर प्रहरीमा पुगेकी महिलाको गुनासो थियो । कसैले उनको जिन्दगी पा-यो उसलाई कडा भन्दा कडा कारबाही हुनुप-यो । टिठलाग्दो अवस्थामा दुई बच्चा च्याँपेर प्रहरी कार्यलय पुगेकी महिलाको उजुरीमाथी प्रहरीले अनुसन्धान अघि बढायो ।

घटनाअनुसार महिलाका श्रीमान कतार भएकाले श्रीमानकै साथीसँग उनको फेसबुकमा सम्पर्क भयो । धादिङ घर भएका ति पुरुषले तनहुँकी महिलासँग फेसबुक हुदै भाईवर र इमोमा सम्पर्क बनाए । उनिहरु बिस्तारै यति नजिकिदैं गएकी उनिहरुको सम्बन्ध प्रेम सम्बन्धमा परिणत भयो । धादिङका अविवाहित पुरुषलाई ति महिलाले बिहेको प्रस्ताव राखिन । तत्काल महिलाको प्रस्ताव युवकले अस्विकार पनि गरेनन । समय बित्दैथियो विवाहित महिलाको श्रीमानसँगभन्दा उनै युवकसँगको प्रेम झाँगिदैं गयो । युवतीको आग्रहअनुसार युवक नेपाल फर्के । महिला बच्चा परिवारलाई छाडेर कामठाण्डौ आईन । २ दिनको बसाईपछि युवक उनिहरु आआफ्नो घर लागे । तर धादिङ ति युवकले घरपुगेपछि अन्तै बिहे गर्ने तयारीको सुईको पाएपछि महिला उजुरी बोकेर बालबच्चासहित प्रहरीको महिला सेल पुगकी हुन ।

दृश्य : २

पोखराका एक पुरुष विदेश गए । नेपालकै एक महिलासँग फेसबुका चिनजान भयो, अन्तरंग कुराकानी भयो, भिडियो च्याटसमेत हुन थाल्यो । एक बर्षपछि उनी नेपाल फर्किए । ती युवतीसँग विवाह गर्ने वाचा गरेका ती पुरुष छाँगाबाट खसेझैं भए जब ती युवतीले केहि अघि मात्र आफ्नो श्रीमानसँग सम्बन्धविच्छेद गरेको थाहा पाए । काठमाडौं आएपछि उनको अन्य पुरुषसँग सम्बन्धका कारण श्रीमानसँग सम्बन्धविच्छेद भएको थाहा पाएपछि उनले विवाह गर्न मानेनन् । उनले विवाह गर्न नमान्दा उक्त महिला उजुरीसहित क्षतिपूर्तिको माग गर्दै अहिले प्रहरीमा पुगेकी छन ।

दृश्य : ३

पर्वतकी संगिता क्षेत्रीको विवाह भारतीय सेनामा कार्यरत स्थानीय बिनोद थापासँग भयो । हुनेखाने परिवारका जेठा छोरा भारतीय सेनाको जाँगिरबाट आम्दानी पनि राम्रै थियो । थापाबाट २ छोरा पनि जन्मे श्रीमतीको खुसी र २ छोराको भविष्यका लागी थापाले पर्वतको बसाई पोखरामा सारे । पोखरामै घर बनाउने घडेरी पनि किनियो । तर २ छोराकी आमा क्षेत्री अहिले एक युवकको मायाजालमा फसेर घरछाड्ने मनस्थितीमा छन । भारतीय सेनाको कश्मिरमा कार्यरत उनका श्रीमान र ८ बर्ष र ४ बर्षका दुई छोरासहित सम्पतीसमेत हिनामिना हुने देखेपछि अहिले उनका आफन्त तथा परिवारले गोप्य रुपमा प्रहरीमा उजुरी गरिसकेका छन ।

दृश्य : ४

कालिमाटीस्थित प्रहरीको महिला सेलमा एक युवती उजुरी सहित पुगिन । पति सँग बस्नै नसक्ने अवस्था आएकाले अंश दिलाई पाउ भन्दै पुगकी ति युवतीले श्रीमान परस्त्रिसगँ नजिकिएकाले आफुले घर छाड्नुपरेको दाबी गरिन । ६ बर्ष अघि मागिबिवहा गरेका उनका श्रीमानले फेसबुकमा भेटेकी युवतीसँग सम्बन्ध बढाएपछि पारिवारिक संरचनासँगै आर्थिक हिनामिना भएको उनको गुनासो थियो । २ सन्तानसहितकी ति महिलाको माग छोराछोरीको स्यारसुसारका लागी आफुले आधा अंश पतिबाट दिलाई पाउ भन्ने थियो ।

यि त केही प्रतिनिधी घटना मात्रै हुन सामाजिक संजालका फेसबुककै कारण परिवार तहसनहस भएको भन्दै प्रहरीमा पुग्नेहरुको सङख्या अहिले लामै छ ।
सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहँुचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ ।

प्रहरीअगाडि आउने घर झगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर सम्बन्ध रहने गरेको प्रहरीको महिला सेलकी प्रमुख शर्मिला गुरुङ बताउछिन ।

यसमध्येपनि अधिकांश महिला सेलमा आजकल श्रीमान वैदेशिक रोजगारीमा गएपछि अर्को सम्बन्ध बनाएको भन्दै पुग्ने गरेका छन । यसबाहेक केही घटनामा भने सामाजिक सञ्जालमार्फत भएको मित्रतालाई शंका गरेर प्रहरीअगाडि पुग्ने दम्पती पनि देखिने गरका छन ।
गुरुङ भन्छिन् ‘दिनहुँ पतिपत्निबीचको झगडा १० भन्दा बढी आउँछन , जसमा हिजो आज प्रमुख कारण विवाहपछिको सम्बन्ध नै हुने गरेको छ । यस्ता घटनामध्ये धेरैलाई घरायसी झगडासम्म मात्र सीमित हुन्छ भने केहीले घरेलु हिंसासम्म निम्त्याउँने गरेको छ ।
यस्ता सम्बन्ध बनाउनेमा महिला र पुरुष दुवैको संख्या उत्तिकै रहेपनि सम्पत्ति लिएर महिला गएको भन्दै आउने पुरुषहरुको सङख्या अहिले बढि छ ।

 

Related posts

Leave a Comment