आज प्रतिकित्ता ७ सयमा कारोबार भईरहेको शेयर भोली १ सयमा खरिद गर्न तयार हुनुहोस्

 काठमाडौँ   ।

नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखी एफपीओ निष्काशन गर्ने भएको छ । जारी पूँजी बढाउन बैंकले ९ लाख ७५ हजार कित्ता एफपिओ भोली मंगलबारदेखी निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य ९ करोड ७५ लाख रुपैयाँको शेयर निष्काशन गर्न लागेको हो । आजप्रतिकित्ता ७ सय दरले कारोबार भईरहेको नेपाल ग्रामिण विकास बैंकको एफपिओ मंगलबार १ सय रुपैया प्रतिकित्ताका दरले निष्काशन हुने भएको हो । हाल ५५ करोड ७५ लाख चुक्ता पूँजी रहेको बैंकले जारी एफपीओबाट ९ करोड ७५ लाख रुपैयाँ थपिएपछि ६५ करोड ५५ लाख पुग्नेछ ।

बैंकले एफपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको शेयरमा लगानीकर्ताले भदौ २७ देखि छिटोमा भदौ ३० र ढिलोमा असोज १० गतेसम्म धितोपत्र बोर्डबाट आस्बा सेवामा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाका देशैभरका शाखाबाट आवेदन दिन सक्नेछन । खरिदका लागी न्यूनतम ५० कित्ता देखि अधिकतम ४८७० कित्ता शेयरमा आवेदन दिन सकिने छ ।

Related posts

Leave a Comment