दशैका लागी निःशुल्क बस सेवा, हेर्नुहोस् यि रुटहरुमा तपाईको यात्रा हुदैछ ?

 

दशैमा काठमाण्डौमा यातायातका साधनहरु अत्यान्तै कम चल्छन । तर आफन्तजनका हातको टिका लगाउन ओहोरदोहोर गर्नेहरुलाई यातायातका साधनको खाचो पर्ने गरेको छ । यहि अवस्थालाई मध्येनजर गरि विजयदशमीका दिन नेपाली सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार बिहान साढे ६ र ११ तथा अपरान्ह चार बजे भद्रकालीबाट सेनाका बस निःशुल्क उपत्यकाका आठ वटा रुटमा सञ्चालन हुनेछन ।

हेर्नुहोस् यि रुटहरु हुन जहाँ सेनाका बसहरु सञ्चालन हुनेछन ।
पहिलो भद्रकाली देखी माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

दोस्रो ः भद्रकालीदेखी जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।

तेस्रो ः भद्रकालीदेखी माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथली ।

चौथो ः भद्रकालीदेखी माइतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

पाँचौ ः भद्रकालीदेखी थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहीदगेट ।

छैटौ भद्रकालीदेखी दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।
सातौ ः भद्रकालीदेखी माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।
आठौ ः भद्रकालीदेखी माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

यसैबीच दशैंको विदामा घर जाने सैनिक र उनीहरुका आश्रित परिवारका लागि पनि सेनाले बस सेवा सञ्चालन गरिरहेको छ । ५ असोजबाट सुरु भएको त्यस्तो सेवा १२ गतेसम्म चल्ने छ ।

काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ, रामेछाप, पोखरा, बुटवल, गोरखा, सिन्धुली, चौतारा, हेटौंडा, नारायणगढ, सिरहा(राजविराज, कोहलपुर(सुर्खेत र त्रिशुलीसम्म सेनाका बस चलिरहेका छन् । प्रतिपरिवार पाँच जनासम्मका लागि सेनाले आवतजावतको सुविधा दिएको छ ।

Related posts

Leave a Comment