गल्कोटमा प्रथम साँस्कृतिक महोत्सव शुरु, मन्त्रीसहित दर्जनौ कलाकार पुगे

गुमानसिह भण्डारी, गल्कोट ।

शहरी विकासमन्त्री प्रभु शाहले शहरी पुर्वाधारले मात्रै स्मार्ट सिटी नबन्ने बताउनुभएको छ । बाग्लुङको गलकोटमा शुरु भएको प्रथम गलकोट साँस्कृतिक महोत्सवको उदघाटन गर्दै मन्त्री शाहले यस्तो धारणा राख्नुभएको हो । स्मार्ट सिटीको चर्चा अहिले सर्वत्र भएको उल्लेख गदै शाहले आर्थिक उत्पादन र आर्थिक जिवनलाई सवल बनाउने कार्यक्रममार्फत व्यवस्थित शहर निर्माणपछिमात्रै स्मार्ट सिटी हुने उहाँको भनाई थियो ।

पर्यटन तथा साना जलबिद्युत परियोजनका लागी गल्कोट क्षेत्र उर्वर रहेको भन्दै मन्त्री शाहले यस्ता क्षेत्रमा लगानी गरि स्थानीय जनताको जिवनस्तर उकास्न स्थानीय व्यापारीहरुलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, माओबादी केन्द्रका सचिवालय सदस्य देबेन्द्र पौड्याल लगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए । प्रथम साँस्कृतिक महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले बिभिन्न प्रस्तुतीहरु दिएका थिए ।

Related posts

Leave a Comment