गणपूरक संख्या नपुगेपछि संसद् बैठक दुईपटक स्थगित

व्यवस्थापिका–संसद्को आजको बैठकमा गणपूरक संख्या नपुगेपछि एकै दिनमा संसद् बैठक दुईपटक स्थगित भएको छ ।

तीनवटा विधेयक पारित गर्ने कार्यसूची भए पनि सांसदहरु हाजिर गरेर हिड्दा एउटा मात्र विधेयक पारित भएको छ । मधेसी आयोग गठनसम्बन्धी विधेयक पारित भएको छ भने थारु आयोग गठन र मुस्लिम आयोग गठनसम्बन्धी विधेयक गणपुरक संख्या नपुग्दा अड्किएको छ ।

यी तीनवटै विधेयक संविधान कार्यान्वयनसँग सम्बन्धित छन् ।

संसदमा कुनै पनि प्रस्ताव पारित हुन एक चौथाइ अथात् १ सय ४८ जना सांसद उपस्थित हुनु पर्ने भए पनि दुईपटक गन्दा त्योभन्दा कम संख्या भएपछि बैठक नै स्थगित भएको थियो ।

Related posts

Leave a Comment