गुण्डा नाईके घैंटेको सम्पतीमा पत्रकारको जिब्रो ,काँग्रेसका डनदेखी दलालको रजाई

 काठमाडौं । 

प्रहरी इन्काउन्टरमा मारिएका काँग्रेस कार्यकता एवं गुण्डा नाईके घैंटे उर्फ कुमार श्रेष्ठको सम्पत्तीमा अहिले डन र दलालहरुले मोजमस्ती गदै आएका छन । अहिले सम्पतिमा मोज गरिरहेका डनहरुकै सहयोगमा जम्मा पारिएको सो सम्पतिमा डन काँग्रेसका केही नेता बाहेक पत्रकारहरुसमेत मिलेर उडाइरहेका घैटेका छिमेकिहरु बताउछन ।

केही समयदेखी बाँडफाँड गरेर मिलोमतोमा रजाई गरिरहेका घैटेको सम्पतीमा कुरा नमिल्दा पछिल्लो दिन उनिहरुबीच नै बिबाद बढेको समाचार बाहिर आएको छ । घैंटे ईन्काउन्टर पश्चात बिबादित बनेको गजुरमुखी निमार्ण सेवाको आय व्ययको हिसाबमा गत साता शेयर होल्डरहरुबीच बिबाद भएको हो ।

सो बिबादको मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका एक पत्रकारलाई मार्ने धम्कीसम्म आएको स्रोतले बताएको छ । काँग्रेसनिकट ति पत्रकारलाई मार्ने धम्की आएपछि भर्खरै अन्र्तराष्ट्रिय पत्रकारको मान्यता पाएको कार्ड देखाउदै बाफलको एकभट्टीबाट भागेको स्रोतले जानाकारी दिएको छ ।

Related posts

Leave a Comment