प्रहरीले तस्करसँग कुरा नमिलेपछिमात्रै सुन समातेर सरकारी कमिसन लिने गरेको आरोप

काठमाडौँ 

सुन तस्करी प्रकरणमा गृहमन्त्री र आईजीपी मौन रहेको भन्दै यसको सामाजिक सञ्जालमा आलोचना शुरु भएको छ ।

पछिल्लो समय सुन समातेबापत कमिसन पाउने लोभमा सुन तर्फ सोझिएका प्रहरीले पछिल्लो सातामात्रै छुट्टा–छुट्टै स्थानबाट अपराध महाशाखाले ८८ केजी र केन्द्रीय अनुन्धान व्यूरो (सीआईवी)ले १५ केजी सुन बरामद गरेका छन् ।

त्यसो त लागुऔसध र रक्तचन्दन तस्करी बढिरहेका बेला सुन समातेवापत कमिसन मिल्ने लोभमा सुनबाहेक नहेरेको प्रहरी प्रशासनले यसअघिपनि धेरै पटक सुनतस्करहरुलाई समात्न सफल भएको छ । कमिशनकै लोभमा मात्रैभएपनि सुन तस्करी रोक्न सक्रिय प्रहरीले भन्दै आएको सफलतामा हौसिने गरे आईजीपी र गृहमन्त्री समेत यसपटक मौन बसेको भन्दै सामाजिक सञ्जालमा चर्चा हुने थालेको छ ।

सिआईवीले भदौ १४ गते सुनसहित पक्राउ गरेका पेम्बा दोर्जे शेर्पा माओवादी निकट रहेकाले पछिल्लो सुनकाण्डमा गृहमन्त्री मौन बसेको भन्ने समेत सञ्जालका प्रयोगकर्ताहरुले चर्चा गर्न थालेका हुन । प्रहरीसँगको सेटिङमै नेपालमा लामो समयदेखि रसुवागढी नाका हुँदै सुन तस्करी भइरहेको छ ।

प्रहरीले सरकारबाट आउने कमिशनभन्दा तस्करहरुले दिने कमिशन मोटो पाए तस्करलाई सहयोग गर्ने र तस्करसँग कमिसन नमिल्दा सुन तस्करलाई समातेर सरकारमार्फत कमिसन लिने गरेको समेत आरोप लाग्ने गरेको छ । ८८ किलो सुन काठमाडौं ल्याउँदा पनि कतै चेकिङ नहुनुलाई प्रहरीको ठूलो कमजोरीको रुपमा लिइएको छ । तर, यस प्रकरणमा गृहमन्त्री र आईजीपीले कुनै पनि युनिटका प्रहरीलाई कारबाही गरेका छैनन् ।

होटल व्यवसायको आवरणमा नेपालमा लामो समयदेखि सुन तस्करीमा संलग्न चिनियाँ नागरिक वान विई मिङले नेपाली सुन तस्करहरुसँग मिलेर तस्करी गर्दै आएका थिए । गाडि प्रहरीले चिनुन् र चेकजाँच नगरुन् भनेर भिआईपीको लोगो राखेर तस्करी गर्दै आएका थिए । रसुवागढी नाकादेखि बालाजुसम्म १२ वटा चेक प्वाइन्ट छन् । तर, उनको गाडी कहि कतै चेकिङमा परेन ।

यसरी सुन तस्करीको घटनामा प्रहरीको गम्भीर लापरवाहि देखिएपनि आईजीपी अर्याल गृहमन्त्री शर्माले कुनै खास प्रतिक्रिया नदिनुलाई रहस्यमय तस्करीको रुपमा लिइएको छ ।

Related posts

Leave a Comment