नयाँ शक्ति नेतृ हिसिला यमी माेडलिङमा (भिडियाे सहित)

काठमाडौँ । नयाँ शक्ति नेपाली नेतृ हिसिला यमी तीज गीत नाचौ छमछमीको म्युजिक भिडियोमा मोडलको रुपमा देखिनुभएको छ । भिडियो अभिनेत्री तथा नयाँ शक्ती पार्टीकै अर्की नेतृ करिस्मा मानन्धर पनि देखिएकी छन् ।

रानी श्रेष्ठ समेतको अभिनय रहेको भिडियोमा धेरै कोरस कलाकार समेत राखिएको छ । कोरस कलाकारका साथ हिसिलाको छमछमी निकै आकर्षक देखिएको छ ।

नयाँ शक्तीकै नेतृ संगीता धमलाले गायिका पार्वती जिसीसँगको सहकार्यमा यो तिज गीत गाएकी हुन् । गीतमा शब्द संगीतको अलवा पार्वती जिसी, मंजिला शर्मा, बिमला अर्यालको रहेको छ ।

Related posts

Leave a Comment