कतारमा प्रथम हुर्रा महोत्सवको तयारी, हुर्रा नाचसहित बिविध साँस्कृतिक कार्यक्रम

अमृत शर्मा,पोखरेल कतार ।

प्रवासमा रहेर सामाजिक सेवासगै सांस्कृतिक संरक्षणमा सक्रिय नेपाल मगर संघ कतारले दिपावलीको अवसरमा प्रथम हुर्रा महोत्सव तथा दिपावली कार्यक्रमको आयोजना गर्न लागेको छ ।

पहिलो पटक नेपालको पुर्वी भागमा नाचिने लोकप्रिय मगरहरुको हुर्रा नाचलाई प्रर्वधन गरी सांस्कृतिक संरक्षण सगँसंगै गरिव तथा जेहेन्दार विद्यार्थीको शैक्षिक सहयोगका लागि सो कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रमका लागि नेपालबाट नेपाल मगर संस्कृतिक संघका अध्यक्ष लगायतसँगै विभिन्न बिधाका कलाकारहरु सहभागी हुने कार्यक्रम संयोजक भुपेन्द्र रिखाम मगरले जानकारी दिएका छन । अक्टोबर २७ देखी कतार स्थित अल दल्ला ड्राइभिङ स्कुलको सभाहलमा महोत्सवको आयोजना हुनेछ ।

Related posts

Leave a Comment