अन्तर्राष्ट्रिय काभ्रे सेवा समाज गठन

काठमाडौँ  ।

काभ्रे जिल्लाबाट अध्ययन, रोजगारीलगायत पेशा व्यवसायका लागि विभिन्न देशमा पुगेका नेपालीको आज यहाँ अन्तर्राष्ट्रिय काभ्रे सेवा समाज गठन गरेका छन् ।

गैरआवासीय नेपाली संघ(एनआरएन) जापानका कपिलदेव थापा संयोजक र एनआरएन स्पेनका दीपक खरेल सहसंयोजक रहेको १९ सदस्यीय समाज गठन गरिएको हो ।समाजका सदस्यमा दिनेश उप्रेती, नन्द ढुंगाना, इन्दिरा त्रिपाठी, दिल लामा, अशोक उप्रेती, कष्णचन्द्र सेढाइ, शम्भु गौतम, कमल वाइवा लगायत रहेका छन् ।

उद्योग राज्यमन्त्री रेशम लामाको उपस्थितिमा आज यहाँ समाजको स्थापना गरिएको हो ।

सो अवसरमा राज्यमन्त्री लामाले विश्वभर रहेका काभ्रेली गृह जिल्लाको विकासका लागि संगठित हुनु खुशीको कुरा भएको बताउनुभयो ।

Related posts

Leave a Comment