हेर्नुहोस अाज सार्वजनिक आईफोन एट र आइफोन एट प्लस यस्ताे छ

अमेरिकी कम्पनी एप्पलले मंगलबारे क्यालिफोर्नियामा एक विशेष कार्यक्रममा आइफोनको नयाँ संस्करण आइफोन एट र आइफान एट प्लस सार्वजनिक गरेको छ ।

यि आईफोन एट र आईफोन एट प्लसका बिशेषताहरु यस्ता छन :

– नयाँ आइफोनको स्क्रिन ५।८ इन्चको रहने र डिस्प्ले रिजोलुसन २४३६ गुणा ११२५ रहने अपेक्षा गरिएको छ । नयाँ आइफोनको डिस्प्ले ओलिडमा स्वीच हुने भएको छ । अहिले आइफोनको डिस्प्ले एलसिडी छ ।

– नयाँ आइफोनको बडी ग्लास र स्टिनलेस स्टिल रहने छ । यसअघि युनिबडी आल्मुनियम डिजाइन रहेकोमा अब आइफोन एट र एट प्लसको फ्रेम स्टिनलेस स्टिल र पछाडिपट्टी कडा ग्लास रहने छ ।

– आइफोन एटमा वायरलेस चार्जर हुने उल्लेख गरिएको छ । जसमा लामो दूरीबाट पनि वायरलेस चार्जरबाट चार्ज गर्न सकिने छ ।

– नयाँ आइफोनमा आइकोनिक होम बटन रहने छैन । होम बटन नभए पनि होम स्क्रिनमा फर्किन वा होम स्क्रिन ओपन गर्न सकिने छ । इत्सका लागि न्यु जेस्चरले होम बटनलाई रिप्लेस गर्ने ब्लुमबर्गले उल्लेख गरेको छ ।

– होम बटन नभएसँगै टच आइडी पनि नहुने भएको छ । यसको अर्थ नयाँ आइफोनमा फिङगरप्रिन्ट सेन्टर हराउने छ । तर नयाँ आइफोनको पावर बटनमा फिङगर सेन्सर रहने चर्चा पनि छ ।

– थ्रि डी फेस रिकग्नाइजेसन रहने छ । त्यसका लागि नयाँ आइरिस स्क्यानर वा सेल्फी क्यामरालाई परिस्कृत गरिएको हुनेछ ।

– आइफोन एट सिरिज नयाँ कलरमा पनि आउने भएको छ । नयाँ आइफोन कप्पर गोल्ड कलरमा आउने भएको हो ।

– नयाँ आइफोनको रेयर क्यामरामा सुधार गरिएको हुनेछ । यसमा कम प्रकाशमा पनि राम्रो फोटो खिच्न सकिने वा मेगापिक्सल बढी हुनेछ ।

– नयाँ आइफोनको मूल्य बढी हुनेभएको छ । नयाँ आइफोन ६४ जिबी, २५६ जिबी र ५१२ जिबी स्टोरेज क्षमतामा उपलब्ध हुनेछ । ६४ जिबी स्टोरेज भएको आइफोनको मूल्य ९९९ अमेरिकी डलर, २५६ जिबी स्टोरेज भएकोको मूल्य एक हजार ९९ अमेरिकी डलर तथा ५१२ जिबी स्टोरेज क्षमताको ११ सय ९९ अमेरिकी डलर हरने अनुमान गरिएको छ ।

– यस्तै आइपी रेटेड वाटर तथा डस्ट रेसिस्ट्यान्स, आइओएस इलाभेन र तीब्र गतिको एक इलाभेन प्रोसेसर रहने छ ।

Related posts

Leave a Comment