जाली नोटको कारोबार बन्द गराउन हिटलरले कर्मचारीलाई यातानागृहमा थुनेर मार्ने योजना बनाए

दोस्रो विश्वयुद्ध सकिइसकेको थियो । पराजित देश जर्मनीमाथि विजेता मुलुक रुस, अमेरिका, बेलायत र फ्रान्सले कब्जा जमाएका थिए । अष्ट्रिया र चेकोस्लोभाकिया पनि मित्रराष्ट्रको अधीनमा थिए । चेकोस्लोभाकियामा एउटा नदी छ– एन्स । एकदिन त्यसवरपरका गाउँलेले थुप्रै नयाँ नोट बगिरहेको देखेर टिप्न दौडिए । त्यसैबखत अष्ट्रियामा तैनाथ गुप्तचर नियन्त्रण दलका अधिकृतसमक्ष एक जर्मन सैनिक लरी (ट्रकजस्तो ठूलो गाडी) को साथमा उपस्थित भए । लरी बैंक अफ इंग्ल्याण्डबाट जारी नयाँ नोटको बक्साले भरिभराउ थियो । नोटले भरिएको सो ट्रक जर्मन सैनिक अधिकृतले मित्रराष्ट्रका अधिकृतहरुलाई बुझाए । लरीमा २ करोड १० लाख पौण्डबराबरको नोट थियो । त्यत्रो ठूलो धनराशी देखेर अधिकृतको होशहवास गुम्यो । तुरुन्तै एउटा सन्देश जर्मनीको फ््रयाँकफर्ट पठाइदिए । फ््रयाँकफर्टबाट तुरुन्तै एउटा टोली अष्ट्रिया पुग्यो र लरी कब्जा ग¥यो । नोट सक्कली हो वा नक्कली छुट्याउन गाह्रो प¥यो । उच्च अधिकारीहरुको टोलीले शीघ्र लण्डनस्थित बैंक अफ इंग्ल्याण्डसित सम्पर्क राख्यो । समाचार सुनेर हैरान भएको बैंकले पनि तुरन्तै टोली खटायो । जसमा प्रमुख थिए, नोट विशेषज्ञ एडोल्फ रिवस । उनले बडो सूक्ष्म ढंगले परीक्षण गरे । कैयौं दिको मिहिनेतपछि बल्ल ठोस निश्कर्षमा पुगे– ‘सबै नोट जाली हुन् ।’

समाचार सुनेर ब्रिटिश सरकार अचम्ममा प¥यो । दुई करोडभन्दा बढी जाली नोट एउटै लरीमा फेलाप-यो भने नदीमा बगाइएको नोट झन् कति होला १ किनभने बगाइएको नोट त्योभन्दा ठूलो डंगुर थियो भन्ने अनुमान लगाइयो । यसको अर्थ करोडौंको जाली नोट बजारमा पुगिसकेको थियो । यो प्रकरण बैंक अफ इंग्ल्याण्डको मात्र सरोकारको विषय रहेन । मुलुककै अर्थतन्त्र धराशायी पार्न सकिने यो प्रकरण कसरी, कहाँबाट कसले ग¥यो, पत्ता लगाउने निर्णय बेलायत सरकारले तत्काल ग¥यो । नोट विशेषज्ञ रिवस र नामुद स्कटल्याण्ड यार्डका जासुसहरुलाई जिम्मेवारी सुम्पियो । रिवसहरु नोटको षड्यन्त्र पत्ता लगाउन जुटे । यसअघि कुनै पनि देशले अर्को देशविरुद्ध यति ठूलो धनराशी बराबरको नक्कली नोट निकालेको थिएन । अनुसन्धानक्रममा बैंक र बेलायती सरकारले दुई वर्षअघि नै नक्कली नोट बजारमा आइपुगेको अन्ध पायो । यहाँसम्म कि तटस्थ मुलुकबाट एक–एक लाख पौण्डको हिसाबले नोट लण्डनको बजारमा पुग्ने गरेको बैंकले थाहा पाएको रहेछ । सन् १९४३ मा इंग्ल्याण्डमा पक्राउ परेका एक जर्मन जासुसबाट जाली नोटले भरिभराउ सुटकेश बरामद भएको रहेछ । नोट दक्ष कारिगरद्वारा बनाएको पाइएको थियो । नोट नक्कली प्रमाणित गर्न बैंकलाई निकै गाह्रो परेको थियो । इंग्ल्याण्डको नोटको युरोप र एसियाली मुलुकमा ठूलो इज्जत थियो । मानिसहरु त्यो नोटलाई सुनजत्तिकै संरक्षण गरी राख्न योग्य मान्थे । यस्तो अवस्थामा स्टर्लिङ पौण्डको नक्कली नोट बजारमा पुगिसकेको हल्ला फिँजिएको खण्डमा सबै देशमा हलचल मच्चिन सक्थ्यो । विशेषतः युद्धको समय भएकाले इंग्ल्याण्डको आर्थिक व्यवस्था र बैंक अफ इंग्ल्याण्डको इज्जतमाथि शत्रुले धावा बोल्न सजिलो हुन्थ्यो । नक्कली पर्ने डरले बैंक अफ इंग्ल्याण्डद्वारा जारी सक्कली नोट लिनसमेत सबैजना डराउँथे । त्यसैले नक्कली नोट फेला पारेपछि पनि इंग्ल्याण्ड चुप बस्यो । तथापि आन्तरिक तवरमा छानबिन नचलाएको भने हैन तर छानबिन निश्कर्षमा पुग्नुअगावै युद्धको अन्त्य भयो र एन्स नदीमा नोट बग्न थाल्यो ।

बेलायती प्रहरीले नोटले भरिएको लरी बुझाउने जर्मन अधिकृतसँग सोधपुछ शुरु गरे । उनले जवाफमा भने, ‘नजिकैको गाउँ रेडलजिफमा एकजना नाजी प्रहरी अधिकृतको गाडी बिग्रियो । उनले नोटले भरिएका ती बक्साहरु पहाडबाट खसालिदिन भने । मैले ती बक्सा आफ्नो लरीमा हालेर बुझाउन ल्याएको हुँ ।’ यो सूचनाका आधारमा स्कटल्याण्डका जासुस रेडलजिफ गए । खोजतलासको क्रममा एउटा भूमिगत कारखाना भेट्टाए, जहाँ नोट छाप्ने मेशिन तथा अन्य उपकरण थियो । तर कागज, नोट छाप्ने प्लेट केही पनि फेला परेन । यद्यपि फेला परेको मेशिनको आधारमा त्यो नोट छाप्ने छापाखाना रहेछ भन्ने थाहा भयो । युद्धमा पराजय भोगेपछि सबै अभिलेख मेट्न जर्मनीले कागज तथा प्लेट अन्त लगेर लुकाएको हुनसक्ने अनुमान लगाइयो । सोधपुछको क्रममा गाउँलेले छापाखानाका कर्मचारीलाई ४० माइल टाढाको यातना शिविरमा लगेको बताएपछि टोली त्यहीँ पुग्यो । छापाखानामा कार्यरत १ सय ४० जना कर्मचारीलाई विषालु ग्यासले मार्ने आदेशअनुसार त्यहाँ पु¥याइएको रहेछ । ताकि जाली नोटको कुरो कसैले थाहा नपाउन् । धन्न, यातना शिविरमा उनीहरु मारिएनन् । त्यहाँका अधिकृतहरुले हिटलरको उक्त आदेश पालना गरेनन् । विश्वयुद्धमा जर्मनीको पराजयपछि सबै रिहा भए ।

राजेन्द्र स्थापीत जनअास्था

Related posts

One thought on “जाली नोटको कारोबार बन्द गराउन हिटलरले कर्मचारीलाई यातानागृहमा थुनेर मार्ने योजना बनाए

Leave a Comment