कपडा पसलेलाई ठगेर हिड्ने लप्टन परे फन्दामा, कतै तपाईलाई पनि ठगेका त छैनन्

ललितपुर प्रहरीले आफुलाई नेपाल आर्मीको लप्टन भन्दै ठगी गर्ने ललितपुर ढोलाहिटी का ४० बर्षिय राजकुमार थापालाई पक्राउ गरेको छ ।

लप्टन भएको भन्दै ललितपुरमा एक कपडा पसलेबाट ४७ हजार ३ सय २५ रुपैयाँ बराबरको रेडिमेट तयारी कपडा लगेको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो । यसका साथै ललितपुरकै ईश्वर महर्जनबाट एयरपोर्टमा काम लगाइदिने बाहानामा ३० हजार रुपैया ठगेका थिए । यतिमात्रै होइन विकाश थापाबाट १० हजार रुपैया प्रताप श्रेष्ठबाट ४० हजार गरी एकलाख २७ हजार ३२५ रुपैया ठगी गरेको थापामाथी आरोप लागेको छ ।

विभिन्न उजुरीका आधारमा उनलाई ठगी मुद्धामा अनसन्धान गरिरहेको उनले बताए । साथै निजवाट अन्य मानिसहरू समेत ठगिएको हुन सक्ने भएकोले त्यस्तो भए महानगरीय प्रहरी परिसर ललितपुरमा सम्पर्क राख्न आउन समेत चन्दले अनुरोध गरेका छन् ।

Related posts

Leave a Comment