काठमाण्डौमा बढ्यो जग्गाको मुल्य, सरकारी मुल्याङकनमा एकैपटक ६ गुणा बृद्धि

काठमाण्डौ । 

गएको ५ बर्षदेखी कायम मुल्यलाई परिमार्जन गदै काठमाण्डौमा जग्गाको नयाँ मुल्य तोकिएको छ ।

व्यापारमा विभिन्न खाले मुल्य लागु हुने गरेपनि सरकारी मुल्याङकन भने विभिन्न स्थानको फरक फरक तोकिएको थिए जसलाई काठमाण्डौ महानगरपालिकाका सबै वडामा नयाँ मुल्याङकन कायम गरेको हो ।

परिमार्जन गरिएको मुल्य अनुसार काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७४/७५ का लागि जग्गाको मूल्याङ्कन दर ६ गुणासम्म बढाएको छ । यो बृद्धि महानगरभित्रका ३२ ओटै वडामा लागु भईसकेको छ ।

आर्थिक वर्ष २०६४/६५ देखि २०७३/७४ सम्म एउटै कायम रहेको जग्गाको मूल्याङ्कन दर गत असार ३१ गते काठमाडौं महानगरपालिको नगरसभाले परिमार्जन गरेको हो । नयाँ मूल्याङ्कनअनुसार सबैभन्दा कम मूल्य भएको जग्गा वडा नम्बर १५ मा छ, जसको सरकारी मूल्य प्रतिरोपनी २७ लाख ४५ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै, जग्गाको मूल्याङ्कन सबैभन्दा धेरै हुनेमा वडा नम्बर १, ११, २२ र २७ रहेका छन् । यी क्षेत्रमा १ रोपनी जग्गाको सरकारी मूल्याङ्कन ३ करोड रुपैयाँसम्म तोकिएको छ ।

Related posts

Leave a Comment