कौडा खेलिरहेको अवस्थामा २१ जना पक्राउ

चितवन ।

चितवन प्रहरीले कौडा खेलिरहेको अवस्थामा २१ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिको वडा नंं. १० स्थित थकाली भान्सा घरमा कौडा खेली रहेको अवस्थामा चितवन प्रहरीको सादा पोसाकको टोलिले उनिहरुलाई नियन्त्रणमा लिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुबाट १२ लाख पचास हजार रुपैयाँ नगद समेत बराम गरेको छ । पक्राउ पर्नेहरुमा दिपक थापा, रोसन राना मगर, रितिक घिमिरे, बुद्ध गुरुङ्ग, राजु गुरुङ्ग, दिपक थापा मगर, बिजन श्रेष्ठ, दिपेश गुरुङ्ग, अशोक प्रजापति, युवराज चन्द्र बिष्ट रहेका छन् ।यस्तै खडानन्द शाहि, सन्दीप गुरुङ्ग, प्रकाश गुरुङ्ग, सुदिप भण्डारी, अजिर शाहानि, सुदर्शन प्रकाश खरेल, रबि कुमार गुप्ता, हिमाल , प्रमोद पटेल, गोपाल प्रसाद श्रेष्ठ र लोक बहादुर पौडेल पक्राउ परेको प्रहरीले जनाएको छ ।

Related posts

Leave a Comment