माडी सांस्कृतिक–व्यापार मेला हुदै

चितवन | ग्रामिण सञ्चार सञ्जाल माडीको आयोजनामा माडी सांस्कृतिक उत्सव, कृषि पयापर्यटन तथा ब्यापार मेलाको तयारी तिव्र पारिएको छ । यही भाद्र ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन हुने मेलाको लागि मुल समिति आयोजक समिति सल्लाहकार समिति लगातयको भेला उत्सव परिसरमा सम्पन्न भएको छ । भेलाले माडी सांस्कृतिक उत्सवलाई सफल वनाउन विभिन्न उपसमितीहरु निर्माण गरिएको भेला व्यवस्थापन समितिका सचिव विकाश भुसालले वताए ।

भेलामा १ सय २० स्टल रहने साथे वाल उधानका सामाग्रीहरु समेत मेलामा रहने आयोजकले वताएको छ  । उत्सवमा लोकदोहोरी तर्फ पशुपति शर्मा, रामजी खाड, ज्योती मगर, नविन पौडेल,दिपक खड्का, प्रिति आले, ढाकाराम पौडेल,भुमिका गिरी, उमादेवी खनाल,प्रदिप त्रिपाठी,गोविन्द अधिकारी आधुनिक तर्फ हेमन्त शर्मा, कमल खत्री, अर्जुन कौशल,सहिमा श्रेष्ठ पप गीततर्फ सुनिल गिरी, विकाश पाण्डे, सन्तोष वस्याल, हास्य विधातर्फ वल्छी धुव्रे, राजु मास्टर डान्सर तथा मोडल विनु खड्का, डान्सर प्रदिप सापकोटा, जादुगर वलराम सरकार लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको नियमित प्रस्तुती रहेन आयोजक ग्रामिण सञ्चार सञ्जाल माडीका अध्यक्ष सुर्य प्रसाद पाठकले जानकारी दिए ।

 

Related posts

Leave a Comment