मन्त्रालयका सचिव नै भन्छन सरकारको रबैयाले साल्ट ट्रेडिङ घाटामा गयो

सरकारको रबैयाका कारण आफुहरु घाटामा गएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशनले असन्तुष्टि व्यक्त गरेकोे छ ।

साल्ट ट्रेडिङको ५५ औ बार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा साल्छ ट्रेडिङका प्रतिनिधीहरुले यस्तो गुनासो व्यक्त गरेका हुन । कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव पे्रम कुमार राईले सरकारकै कारण कर्पोरेशन घाटामा गएका स्विकार गरे ।

भूकम्पपीडितलाई वितरण गर्न आयात गरेको जस्तापाता गोदाममा थन्किदा, चर्को मूल्यमा आयात गरी सस्तो मूल्यमा बिक्री वितरण गर्नुपरेको चिनी, सुपथ मूल्यको पसलको शोध भर्ना सरकारबाट प्राप्त गर्न नसक्दा कर्पोरेशनलाई करोडौँ घाटा हुन पुगेको उनिहरुको भनाई छ ।

उनिहरुले आगामी दिनमा यस्तो घाटा हुन नदिन मन्त्रिपरिषद्बाट निर्णय गराएर मात्र काम गर्नुपर्ने बताएको थिए ।

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले आगामी दिनमा आफ्नो कामलाई विविधिकरण गर्ने जानकारी दिईन ।
कर्पोरेशनका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेशनले सरकारको निर्देशनमा काम गर्दै आएको उनको भनाई थियो ।

Related posts

Leave a Comment