अर्जेन्टिना विश्वकपका लागी छनोट, मेस्सीले गरे ह्याट्रिक

काठमाडौं । अर्जेन्टिना विश्वकपमा छनोट भएको छ । लियोनल मेस्सीले ह्याट्रिक गरेसँगै अर्जेन्टिना विश्वकपमा छनोट भएको हो ।

बुधबार विहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा इक्वेडरले पहिलो मिनेटमा नै इब्राको गोलबाट अग्रता लिएको थियो ।

तर, अर्जेन्टिना खेलमा फर्कियो । १२ औं मिनेटमा बराबरी गोल गरेका मेस्सीले २० औं मिनेटमा दोस्रो गोल गरे । ६२ औं मिनेटमा ह्याट्रिक गर्दै अर्जेन्टिनाको जित सुरक्षित पारे ।

यो जितसँगै अर्जेटिना २८ अंकका साथ तेस्रो भयो ।
दक्षिण अमेरिकी समूहबाट ब्रजिल यसअघि नै छनोट भइसकेको थियो । बाँकी तीन स्थानका लागि पाँच टिम प्रतिस्पर्धामा थिए र, छनोट चरणको अन्तिम खेल निर्णायक थियो ।

 

Related posts

Leave a Comment