भूकम्पले कति घटायो सगरमाथाको उचाई , यसरि नाप्दैछ फेरि नेपाल आफैले

नेपालमा २ बर्ष पहिले गएको महाभूकम्पका कारण सगरमाथाको उचाई घटेको भन्दै फेरि मापन गर्ने कार्यको थालनी भएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाईका सम्बन्धमा अन्र्तराष्ट्रियस्तरमा निक्कै चर्चा भएपछि यसको फेरि मापन गर्न लागिएको हो । त्यसो त नेपालले केही वर्ष पहिले पनि सगरमाथाको उचाई नाप्ने तयारी गरेको थियो । तयारी तयारीमा नै मात्रै सिमित रहेकाले यो काम समयमा हुन सकेको थिएन । तर महाभूकम्पले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई घटेको भन्दै भारतको सर्वे अफ इन्डियाले फेरि मापन गर्नुपर्ने प्रस्ताव भूकम्पलगत्तै राखेको थियो । तर भारतीय यो प्रस्तावलाई तत्काल नकारात्मक रुपले लिईयो । आफैले नाप्नेगरि गरेको भारतको प्रस्तावलाई अस्विकार गरि अहिले नापी विभागले सगरमाथाको उचाई नाप्ने तयारी थालेको छ ।
सन् १८५५ अर्थात १ सय ६२ वर्षअघि सर्वे अफ इन्डियाले सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर रहेको पत्ता लगाएको तथ्यलाई अहिलेसम्म नेपालसहित सबै देशले मानेका छन् । यसकै आधारमा विश्वको सबैभन्दा अग्लो चुचुरोको रुपमा नेपालको सगरमाथा स्थापित छ । तर उचाई नापेको १ सय ६२ वर्षसम्म पनि दोस्रोपटक आधिकारिक उचाई मापन नभएको र भूकम्पको धक्काका कारण सगरमाथाको उचाई घटेको हुनसक्ने हल्ला चल्न थालेपछि नापी विभागले फेरि मापन गर्न अग्रसरता देखाएको हो । समुन्द्र सतहलाई नै आधार मानेर अहिले दुई प्रकारबाट सगरमाथाको उचाई नाप्ने प्रक्रियाको थालनी हुदैछ ।
पहिलो समतलन विधि अन्तर्गत कर्मचारीले सगरमाथाको टुप्पो नदेखिने ठाउँसम्म कर्मचारीले हरेक बित्ता नाप्नेछन् । तराईका विभिन्न क्षेत्रका उचाई नाप्दै कर्मचारीहरु पहाड र विशेषगरी सगरमाथा देखिने थुम्काहरुसँग पुग्नेछन् । यसका लागि कुनै अत्याधुनिक प्रविधिको आवश्यकता पर्दैन । अर्को झण्डै एकदर्जन ठाउँबाट अत्याधुनिक मेसिनले सगरमाथाको टुप्पोमा राखिने टावर र अन्य सांकेतिक संरचनासँगको सम्पर्कमा कोणको आधारमा उचाई नाप्नेछन् । यसबिधीअन्र्तगत ट्रिग्नोमेट्रिकल विधिमार्फत शक्तिशाली लेन्ससहितको दूरविनको सहाराले दूरी र कोण मापन गर्ने र पछि सबै ठाउँको डाटालाई मिलाएर उचाइ लिनेछ । जसका लागी प्रशस्त सगरमाथामा चढ्न सक्ने शेर्पाहरुको सहयोग लिनुपर्नेछ ।

 

Related posts

Leave a Comment