१ सय ९० यात्रुुसहितको नेपाल वायुसेवा निगमको विमानका पाईलट हराएपछि यात्रु अलपत्र

06112015083258inner_view_of_tia-2-1000x0

टिभी अन्नपूर्ण
पुस, २८ ।
मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले कतारका लागी जाने उडान आकस्मात रद्दगरेपछि झण्डैे १ सय ९० यात्रु समस्यामा परेका छन ।
त्रिभुवन विमानस्थलले काठमाण्डौबाट कतारका लागी छुट्न लागेको विमान यात्रुहरुलाई विमानमा चढाईसकेपछि रद्द भएको जानाकारी दिएपछि यात्रुहरु समस्यामा परेका हुन । नेपाल वायुसेवा निगमको कतारको दोहा जाने तालिका रहेको १ सय ९० यात्रुसहितको विमान मंगलबार साँझ विमान यात्रु चढेपछि रद्द भएको थियो । राती साँढे ११ बजे उड्ने तालिकाअनुसार एक घण्टा देखि तयारी अवस्थामा रहेको विमान किन रद्द भयो भन्नेबारे भने विमानस्थलले खुलाएको छैन । ११ बजे उडानतालिका रहेको विमानले १०.३० भित्रै सबैयात्रु विमानमा चढाएको भएपनि १२ बजेसम्म यात्रुलाई जहाजमै राखेर त्यसपछि रद्द गरेको यात्रुहरुले गुनासो गरेका छन । विमानस्थल स्रोतका अनुसार सो उडानका क्याप्टेन ओमवहादुर (ओबी) गुरुङ बिनाजानाकारी मोबाईल ‘स्विचअफ’ गरेर बसिदिदाँ उडान रद्द गरेको जानाकारी दिएको छ । सामान्य नियमअनुसारपनि उडानसमयभन्दा १ घण्टाअघि क्याप्टेन विमानमा बसेर उडानको बिस्तृत जानाकारीपछिमात्रै उडानको तय हुने नियम छ । तर त्रिभुवन विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजका पाईलट १ सय ९० यात्रुलाई छाडेर उड्ने समयमा अनुपस्थित हुनुले यात्रुको बिचल्लीमात्रै होईन । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलले हवाईयात्रामाथीनै गम्भिर खेलवाड गरेको देखिएको छ ।

Related posts

Leave a Comment