नेपाल यू—१९ एसिया कपका लागी छनोट, हङकङ ५ विकेटले पराजित

काठमाडौं

एसीसी अण्डर १९ पूर्वी क्षेत्रको छनोट प्रतियोगिता अन्र्तगत नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ । यो सँगै नेपाल यू—१९ एसिया कपका लागी छनोट भएको छ ।

ङकङले दिएको ७७ रनको सामान्य लक्ष्य नेपालले केलब १४.४ ओभर खेल्दै भेट्टाएर उपाधि उचाल्यो । नेपाललार्इ च्याम्पियन बनाउन प्रनीत थापा मगरले १४औँ ओभरमा लगातार दुई छक्का हानेका थिए ।

नेपाललार्इ च्याम्पियन बनाउन कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २२ रनको योगदान दिए । मलेसियाको किन्नारा ओभलमा भएको खेलमा ओपनरहरू सन्दीप सुनारले १९ र अनिलकुमार साहले १६ रन जोडे ।

उपाधि भिडन्तका क्रममा नेपाली टिमले १४औँ ओभरमा दुई विकेट गुमाउन पुग्यो। हङकङकका करनदीप सिंहले तीन विकट लिन सफल भए । यसअघि टस हारेर व्याटिङको निम्तो पाएको हङकङले ३२‍‍.१ ओभरमा अलआउट भएर ७६ रनको सामान्य स्कोर गरेको थियो ।

Related posts

Leave a Comment