नेपाल इन्भेष्टमेण्ट बैंकलाई भ्रममा पारेको भन्दै धितोपत्र बोर्डले कारबाही गर्ने

काठमाडौँ 

लगानीकर्तालाई भ्रममा पारेर लाभ उठाउने खोजेको आरोपमा नेपाल इन्भेष्टमेण्ट बैंकले ३ दिन भित्र स्पष्टिकरण दिनुपर्ने भएको छ ।

लाभांश वितरणको विषयमा इन्भेष्टमेण्ट बैंकले निकालेको सुचनाले लगानीकर्तालाई भ्रममा पारेको भन्दै नेपाल धितोपत्र बोर्डले पत्र काटेपछि इन्भेष्टमेण्ट बैंकले ३ दिनभित्र स्पष्टिकरण दिनुपर्ने भएको हो ।

धितोपत्र बोर्डले काटेको पत्रअनुसार लाभांशजस्तो संवेदनसील विषयमा गरिएको सूचना समेत भ्रामक खालको भएको भन्दै यसबारे ३ दिनभित्र स्पष्टिकरण दिन भनेको हो । बुधबार काटेको पत्रअनुसार चित्तबुझ्दो स्पष्टिकरण नआए बैंकमाथी कारबाहीको प्रक्रिया अघि बढ्ने धितोपत्र बोर्डले जनाएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैङ्कले बुधवार २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने निर्णय भएको नेप्सेलाई जानकारी गराएको थियो । पछि टाइप गर्दा गल्ती भएको भन्दै २५ प्रतिशत नगद र १५ प्रतिशत बोनस शेयर दिने सूचना प्रकाशित गरेको थियो ।

बैङ्कले शेयर बजारलाई प्रभाव पार्ने गरी सूचना प्रकाशित गरेकाले बोर्डको गम्भीर ध्यानाकर्षण भएको धितोपत्र बोर्डको भनाई छ ।

Related posts

Leave a Comment