नेपाल राष्ट्र बैंकले आज १ अर्ब बराबरको रिभर्स रिपो जारी गर्ने

काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलतालाई नियन्त्रण गर्न रिभर्स रिपो तथा विकास ऋणपत्र जारी गर्दैछ । वित्तीय नीतिको योजनाअनुरुप आन्तरिक ऋणमार्फत् सरकारी खर्च जुटाउन राष्ट्रबैंकले बुधबार १ अर्ब बराबरको रिभर्स रिपो जारी गर्न लागेको हो । यसरि जारि गर्न लागेको रिर्भस रिपो को डिस्काउण्ट रेट सम्बन्धित बैंक तथा बित्तिय संस्थाको बोलकबोलका आधारमा तय हुनेछ ।

यसैगरि राष्ट्रबैंकले विहिबार ५ अर्ब रुपैंया बराबरको विकास ऋणपत्र जारी गर्ने तयारी छ । ११ बर्षमा फिर्ता हुनेगरि जारी हुने सो ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०८५’ नाम दिइएको छ । बोलकबोलमा ब्याजदर तय हुने ऋणपत्रको ब्याज भने हरेक ६/६ महिनामा भुक्तानी गर्नुपर्ने नियम छ ।

नेपाल स्टक एक्सचेञ्जमार्फत खरिदबिक्री हुने यस्तो ऋणपत्रको धितोमा दिइने कर्जामा जोखिम शुन्यप्रायः हुने भएकोले यसलाई असल कर्जाको बर्गमा राखेर बैंकहरुले सजिलै ऋण दिन्छन् । बजारमा अहिले करिब ७० अर्बको सिञ्चित तरलता रहेको अनुमान राष्ट्रबैंकको छ । उक्त तरलता बढी भएको भन्दै त्यसलाई खिच्नकै लागि रिभर्स रिपो जस्तो औजार प्रयोग गरिने भए पनि विकास ऋणपत्र भने सरकारी खर्च जुटाउनकै लागि जारी गरिन्छ ।

Related posts

Leave a Comment