दशैमा नेपाल फर्कने नेपालीसँगै रेमिट्यान्स कारोबारमा समेत बृद्धि

 

रोजगारीको सिलशिलामा विभिन्न देशमा पुग्ने नेपालीको संख्या झण्डै आधा करोड पुगेको छ । ती मध्ये बिदा मिल्ने केही नेपालीहरु आफ्नो घरपरिवारलाई भेट्न छुट्टि लिएर घर फर्किएका छन् । धेरै परदेशी चाडबाडको छेक पारेर घर फर्किने अथवा दुईचार पैसो आफन्तलाई पठाएर घरपरिवारलाई राहत दिने गर्दछन । दशैं तिहार लगायतका चाडबाड धार्मिक मान्यताले मात्रै होइन, परदेशी र घरपरिवारसँग भेट गराउने माध्यम पनि बनेका छन् । यसले घरपरिवारमा खुसी त थपिएको छ नै गाउँघरमा समेत छुट्टै उमंग छाएको छ । बिदा नमिल्ने वा आउन नपाउनेहरुले दशैको अवसरमा घरपरिवारलाई पठाउने पैसाका कारण नेपालमा यो समयमा आउने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना ७ प्रतिशत रेमिट्यान्स बढेको हो ।

गएको साउनमा ५५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो वर्षको सोही अवधिमा २.५ प्रतिशतले रेमिट्यान्समा कमी आएको थियो । यो अवधिमा खुद ट्रान्सफर आय ४.९ प्रतिशतले वृद्धि भई ६२ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यो अवधिमा २.५ प्रतिशतले घटेको थियो ।
साउन महिनापछि नेपालमा रेमिट्यान्स आप्रवाहको दर दशैको मुखमै आएर बेस्सरी बढेको देखिएको छ । यो समयमा रेमिट्यान्स कम्पनीहरुलाई भ्याईनभ्याई भएको रेमिट्यान्स कम्पनीका प्रतिनिधीहरु बताउछन ।

Related posts

Leave a Comment