दशैका लागी नयाँ नोट लिन यहाँ जानुहोस तपाई सजिलै पाउनुहुनेछ

 काठमाडौं ।

 नेपाल राष्ट्र बैंकले आफ्ना शाखा र तीन बाणिज्य बैंकहरुमार्फत बुधबारदेखि नयाँ नोट वितरण सुरु गरेको छ । नेपाल राष्ट्र बैङ्कले यसपटक १५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाउँदै छ । पाँच, दश, बीस, पचास र सय रुपैयाँको नयाँ नोटहरु तपाइँले राष्ट्र बैंकको थापाथली कार्यालय, कृषि बिकास बैंकका रामशाहपथ, गौशाला, कोटेश्वर, रत्नपार्क र मंगलबजार शाखा, नेपाल बैंकको न्युरोड, पाटन, कीर्तिपुर र भक्तपुर,राष्ट्रिय बाणिज्य बैंकको सिंहदरबार, बिशालबजार, नक्साल, नयाँ बानेश्वर, सानोठिमी, टेकु शाखाबाट सजिलै प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट वितरणलाई सहज पार्न गत सोमबारसम्म पाँच अर्ब ८४ करोड ५५ लाखका रूपैयाँको नयाँ नोट विभिन्न बैंक सरकारी कार्यालयलाई उपलब्ध गराई सकिएको छ । आगामी १० दिनसम्म नयाँ नोट सर्बसाधारणले तोकिएको बैंक शाखाबाट प्राप्त गर्नेछन् । यसमा प्रति ब्यक्ति २० हजार रुपैयाँसम्मको सिमा तोकिएको छ, धेरै नयाँ नोट चाहिए राष्ट्र बैंकको कार्यालय थापाथली नै पुग्नुपर्ने भएको छ । भक्तपुरमा गुडविल फाईनान्सले समेत नयाँ नोट वितरण गर्ने भएको छ ।

संघसंस्थाहरुले भने संस्थाको आधिकारिक पत्रको आधारमा नयाँ नोट प्राप्त गर्नसक्ने बताईएको छ । राष्ट्र बैंकको नयाँ ब्यवस्था हेर्दा यसपटक राजधानीमा सर्बसाधारणले सहजै नयाँ नोट प्राप्त गर्न स्क्ने देखिएको छ । तर उपत्यका बाहिरको हकमा स्पष्ट पारिएको छैन ।

Related posts

Leave a Comment