रियल मड्रिडलाई हराउन बार्सिलोनाले कोउटिन्हो ल्याउने

काठमाडौं ।

युवा स्ट्राइकर नेइमार गुमाएको बार्सिलोनाले लिभरपुलका आक्रामक मिडफिल्डर फिलिपे कोउटिन्हो भित्र्याउने अन्तिम तयारी गरेको छ ।

लामो समयको संवादपछि अन्तत लिभरपुल स्टार कोउटिन्हो बार्सिलोना आउने पक्का भएको हो ।

स्पेनी पत्रिका मार्काका अनुसार बार्सिलोनाले कोउटिन्होको लागी १ सय मिलियन देखि १ सय २० मिलियन युरो खर्चिने भएको छ ।

कोउटिन्होलाई शुक्रबार बार्सिलानामा ल्याउने तयारी भैरहेको छ । आउँदो आइतबार बार्सिलोनाले चिरप्रतिद्धन्दी रियल मड्रिडको सामना गर्दैछ । स्पेनी सुपर कप अन्तरगत बार्सिलानाको घरेलु मैदान क्याम्प नोउमा खेल हुनेछ ।

एल क्लासिको अगावै कोउटिन्होलाई बार्सिलोना भित्र्याउने तयारी भेइरहेको बताइएको छ ।

 

Related posts

Leave a Comment