पहिरोमा परि मृत्यु भएका आफन्तले पाए १ लाख राहत

बिमल खड्का/काठमाडौँ ।

बागलुङ जिल्लाको निशीखोला गाउपालिका वडा नम्बर १ र २ मा गत साउन २० गते पहिरोका कारण ज्यान गुमाएका परीवारका सदस्यहरुले जनही १ लाख राहत पाएका छन् । पुर्ण रुपमा घर भत्किएका परीवारका सदस्यलाई १० हजारका दरले जिल्ला प्रसासन कार्यालय बाग्लुङबाट प्राप्त भएको राहत सोमबार मृतक परिवारका सदस्यलाई हस्तान्तरण गरिएको हो ।

निशीखोला गाउपालिका वडा नं. २ मा पहिरोका कारण मृत्यु भएका मनीमान छन्त्यालको श्रीमती नन्दकली छन्त्याल छोरी गिता छन्त्याल र बुहारी बिन्दु छन्त्यालको आफन्त सिता छन्तयाललाई प्रति सदस्य १ लाख रुपैयाका दरले ४ लाख र १० घर पुर्ण क्षति भएका परिवारलाई १० हजारको दरले राहत बितरण गरिएको छ ।

त्यस्तै वडा नं. १ हुल्दिमा मृतक खगिसरा सिँजालीका नाती गिर बहादुर सिँजालीलाई १ लाख र घर पुर्ण क्षति भएबापत १० हजार गरी १ लाख १० हजार राहत रकम हस्तान्तरण गरीएको छ ।

त्यस्तै मुचुल्काका आधारमा निशीखोला गाउपालिका वडा नम्बर २ का भुपाल छन्त्याल प्रेम बिक र वडा नमबर ३ का भद्रे कामि र जुना कामिको परीवारलाई १०⁄१० हजार रुपैयाका दरले राहत हस्तान्तरण गरिएको छ ।

Related posts

Leave a Comment