पहिराेमा पुरिएर ४ जनाकाे मृत्यु

सिन्धुली | सिन्धुलीमा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । गएराति करिब २ बजेको समयमा सुतिरहेका उनिहरु पहिरोमा परेका हुन् ।

पहिरोमा परि २७ वर्षका दुर्गा कुमारी खड्का, १५ वर्षिय शोभा खड्का, १० वर्षिय अनिस खड्का र ८० वर्षका मनिष खड्का रहेको प्रहरीले जनाएको छ । उनिहरुसँगै सुतिरहेका उद्य वहादुर खड्काले भागेर ज्यान जोगाएका छन् ।

पत्रकार महासंघको जग्गामा टहरो बनाएर बस्दै आएका उनिहरुलाई बेलाबेला टहरो हटाउन भनेपनि अटेर गरिरहेका थिए । नयाँ भवन बनाउँदा थुपारेको माटोले पहिरोको रुप लिँद उक्त घटना भएको प्रहरीले जनाएको छ । दुई दिन देखी लगातार वर्ष भैरहेको छ ।

भिषण बर्षा, तटिय क्षेत्रका बासिन्दालाई उच्च सर्तक रहन आग्रह

Related posts

One thought on “पहिराेमा पुरिएर ४ जनाकाे मृत्यु

  1. […] यता सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको ज्यान गएको छ। […]

Leave a Comment