पैसा अभावमा तीन दिन देखि प्रसव पिडा सहेर घरमै बस्न बाध्य

अखिलेश यादव, रौतहट । तीन दिन देखि प्रसव पिडा सहेर घरमा नै बस्न बाध्य एक महिलाको उद्धार गरीएको छ । सोमबार उनले अस्पतालमा छोरी जन्माएकी छिन ।

कटहरीया नगरपालिका ९ डुमरीया टोलकी गितादेवी मुसहर एम्वुलेन्स खर्च नहुँदा तीन दिन देखि घरमा नै पिडा सहेर बस्न बाध्य थिइन ।

उन्लाइ पत्रकार फणि महतले एम्वुलेन्स भाडा वापत दुर्इ हजार रुपैयाँ सहयोग गरेपछि गरुडामा प्रसुती गराउन लगिएको थियो ।
अत्यन्त गरीव परीवारका प्रभु मुसहरले श्रीमती लाइ प्रसुती गराउन अस्पताल लैजान सकेका थिएनन् । मजदुरी गरेर परीवार पाल्दै आएका प्रभुले पैसा नभएकाले अस्पताल लैजान नसकेको बताएका छन । गरुडा स्थित अस्पतालमा गितादेवीदे दिउसो छोरी जन्माएकी छिन । श्रीमती र छोरीको स्वास्थ्य राम्रो रहेको प्रभुले बताएका छन ।

गितादेवीले यस अघि नै चार सन्तान जन्मिाइ सकेकी छिन । ५७ घर मुसहर बस्ति रहेको सो टोलमा परीवार नियोजनको बारेमा धेरै लाइ थाहा छैन ।

Related posts

Leave a Comment