हेर्नुहोस् पोखरामा एउटै गाईको आम्दानी ५० लाख, त्यो पनि धातुको

पुरातात्विक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईले साढे नौ वर्षका अवधिमा रु ५० लाखभन्दा बढी आम्दानी गरेको छ ।

करिब रु एक लाख ५७ हजारका लागतमा २०६४ सालमा फाइबरबाट निर्मित सो ‘कामधेनु’ गाईको गोठ करिब पाँच लाख तीन हजारले टिकट काटेर अध्ययन अवलोकन गर्दा गुफा व्यवस्थापन समिति उक्त आम्दानी गर्न सफल भएको हो ।

गाईगोठमा अवस्थित यन्त्रजडित गाई नजिकै रहेको सानो प्वालमा गोलो वस्तु घुसाएपछि थुनबाट आएको दूध सिधै शिवलिङ्गमा चढ्ने व्यवस्था मिलाइएका कारण दर्शकको आकर्षण बढ्दै गएको गुफा व्यवस्थापन समिति बताउछ ।

समितिका अनुसार गुफा प्रवेशबाहेक सामान्य रुपमा प्रतिटिकट रु १० व्यवस्था गरिएको सो गाई निर्माणको तेस्रो वर्षसम्म खासै आम्दानी नभए पनि पछिल्ला वर्षमा वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी भइसकेको छ ।

यस वर्ष रु १० लाखभन्दा बढी आम्दानी गर्ने समितिको लक्ष्य छ । “यन्त्रिक गाईले यस आ व को छ महिनाको अवधिमा रु छ लाख ८३ हजार ७३० आम्दानी गरेको बताउँदै उनले भने “यान्त्रिक गाई गुफाको थप आम्दानीको गर्ने लैनो गाई बनेको छ ।”

गुफा अवलोकनका लागि मात्र व्यवस्था गरिएका छ प्रकारका टिकट काटेर गत आवमा मात्र दुई लाख ९६ हजार चार सय ४० जनाले अध्ययन अवलोकन गर्दा करिब रु एक करोड ४६ लाख आम्दानी भएको हो ।

टिकट बिक्री एवं यान्त्रिक गाईका अलावा सोही वर्षको अवधिमा दानपात्रबाट करिब रु छ लाख ६० हजार, सहयोग रसिदबाट रु १६ हजार नौ सय, विविध आम्दानी रु आठ हजार र बैंक ब्याजबाट रु चार लाख १२ हजार आम्दानीसहित कुल रु एक करोड ६२ लाख आम्दानी भएको थियो ।

गुफा प्रवेश गरी गुप्तेश्वर महादेव मन्दिरसम्म पुग्न विद्यार्थीलाई रु १०, अन्य नेपालीलाई रु २०, विदेशीलाई रु ५० तथा मन्दिरबाट अझै भित्र रहेको पातले छाँगो ९डेभिज फल्स० को मनोरम दृष्यावलोकनका लागि विद्यार्थीलाई रु ३५, नेपालीलाई रु ५० र विदेशीका हकमा रु १०० को टिकटको व्यवस्था छ ।

गुफामा स्वदेशी तथा विदेशी पर्यटकका साथै विद्यार्थीको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ । विशेष गरेर साउन महिनाको सोमबार, शिवरात्रि, मङ्गलचौथी, हरिबोधिनी एकादशी, जनैपूर्णिमा, ऋषि पञ्चमी, बालाचतुर्दशीलगायत विभिन्न पर्वमा दर्शकको घुइँचो लाग्ने हुँदा यान्त्रिक गाईबाट समेत आम्दानी बढी हुने गरेको स्थानीय बताउछन ।

“परिसरको प्राकृतिक स्वरुप र सौन्दर्यलाई कायम राख्दै गुफाको प्रवेशद्वार बाहिरको भागमा निर्माण गरिएका सिँढी र विभिन्न देवीदेवताका मूर्तिले गुफाको आकर्षण बढेको छ,” उनले भने, “गुफाको भित्री भाग डेभिज फल्सको दृष्यावलोकन गर्ने स्थानलाई व्यवस्थित गरी समग्र गुफाको संरक्षणका लागि रु दुई लाख ३७ हजार ३०० को लागतमा इटको नेपाल प्रालिद्वारा तयार पारिएको गुरुयोजना कार्यान्वयनको अन्तिम चरणमा छ ।”

‘कामधेनु’ गाई एवं गुफाको आम्दानीबाट समितिको पहलमा यस क्षेत्रको शैक्षिक विकासमा सहयोग र्पुयाउने उद्देश्यले सोही स्थानमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस समेत सञ्चालन गरिएको छ । गत आवमा गुफाले क्याम्पस सञ्चालनार्थ रु ३५ लाख लगानी गरेको थियो ।

पर्यटकीय नगरी पोखरामा गुप्तेश्वर गुफालगायत महेन्द्र गुफा, चमेरे गुफा तथा तनहुँ विमलनगरस्थित साहसिक खेर्ल याफलिङको प्रचुर सम्भावना बोकेको सिद्ध गुफामा पछिल्लो समयमा आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ।

प्रकृतिले दिएका अपार सम्पदाको पहिचान गरी धार्मिक र मनोरञ्जनसहितका आकर्षक भौतिक संरचना तयार गरेर आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्न सक्ने हो भने शैक्षिक संस्था सञ्चालन एवम् समाजका सामान्य विकास निर्माणका लागि सरकारको मुख ताक्न नपर्ने उदाहरण गुफाले प्रस्तुत गरेको स्थानीयवासी बताउँछन् ।

Related posts

Leave a Comment