प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सर्ने

मंसिर १० गतेका लागी तोकिएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सर्ने कानुनमन्त्ती यज्ञ बहादुर थापाले बताएका छन् । कानुन, न्याय तथा संसदिय मामिलामन्त्री थापाले भने मंसिर १० गते हुने प्रदेशको निर्वाचन केही कारणले तलमाथि भएपनि मंसिर २१ गते हुने निर्वाचन कुनैपनि हालतमा सर्दैन् ।

विकसित राजनीतिक अवस्थाका कारण मंसिर १० गते तोकिएको निर्वाचन मंसिर २१ गते सर्नसक्ने मन्त्री थापाको भनाइ छ ।

केन्द्र र प्रदेश सभाको निर्वाचन एकैचोटि गर्ने गृहकार्य भइरहेको भन्दै मन्त्री थापाले प्रतिपक्षलाई सरकारका गतिविधिलाई साथ दिनको लागि समेत आग्रह गरे । उनले भने, ‘प्रतिपक्षले सरकारलाई सहयोग गर्नुपर्छ, शंका गरेर हुँदैन ।’

५९ जना सदस्य रहने राष्ट्रिय सभाका सदस्यमध्ये ५६ जना निर्वाचित हुने र ३ जना प्रतिनिधि मनोनित हुने जानकारी दिँदै मन्त्री थापाले राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचनको लागि कानुन बनिसकेकाले त्यसमा विवाद झिक्नु आवश्यक नहुने समेत प्रष्ट पारे ।

Related posts

Leave a Comment