भाषणमा फेरी झुक्किए देउवा, आफ्नै भाषणलाई सोधे कस्ले लेखेको हो ?

काठमाडौं ।

विभिन्न सभा समारोहमा भाषण गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाका कमजोरीहरु नभेटिएका होईनन् । त्यसै क्रममा प्रहरी दिवसको अवसरमा आजपनि प्रधानमन्त्री देउवा आफ्नै भाषणमा झुक्किएका छन् ।

६२ आँै प्रहरी दिवसका अवसरमा देउवा प्रमुख अतिथिको हैसियतमा नक्साल पुगेका थिए र कार्यक्रमा गृह मन्त्री जनार्दन शर्मा, सुरक्षा निकायका प्रमुखहरु, पूर्व सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा गृह मन्त्री शर्माले आफ्नो मतव्य राखेपछि पालो आयो प्रधानमन्त्री देउवाको।

विस्तारै देउवा ‌ओडिएम तर्फ लागे। देउवाको हात एक व्यक्तिले मन्तव्यपत्र थमाइदिए। देउवाले त्यही मन्तव्य हेर्दै बोल्नु थियो।

एक्कासी ती व्यक्तिलाई देउवाले सुस्त प्रश्न गरे, ‘यो भाषण कस्ले लेखेको हो ?’  देउवाले सोध्न त सुटुक्क सोधेका थिए तर माइकबाट घन्किएर सुनियो।

त्यसपछि प्रधानमन्त्रीले आफ्नो मतव्य पूरै भने पढेनन् सायद माइकबाट कुरो चिप्लिएको उनले पनि राम्रैसँग चाल पाए। कतिपय भाषण उनले पढेर दिए भने कतिपय नहेरी नै।

सम्बोधनमा प्रधानमन्त्री शेरबहादुर देउवाले असान्न निर्वाचनमा सुरक्षा प्रदान गर्ने नेपाल प्रहरी सक्षम रहने विश्वास व्यक्त गरे।

Related posts

Leave a Comment