पूर्वाधार विकास बैंक स्थापना गर्न बाटो खुल्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक स्थापना गर्न अनुमति दिएको छ । राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्दै पूर्वाधार विकास बैंकको अनुमति खुलाएको हो ।

अब राष्ट्र बैंकले तोकेको प्रक्रिया पूरा गरेर लगानीकर्ताले पूर्वाधार विकास बैंक स्थापनाका लागि आवेदन दिन सक्नेछन् । मन्त्रिपरिषद्ले गत फागुनमा पूर्वाधार विकास बैंक स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा पूर्वाधार विकास बैंक स्थापनाका लागि आवश्यक इजाजत, नियमन र सुपरीवेक्षणसम्बन्धी नीतिगत व्यवस्था गर्ने घोषणा गरेको थियो ।

राष्ट्र बैंकले शुक्रबार ‘पूर्वाधार विकास बैंकको इजाजतसम्बन्धी नीतिगत व्यवस्था, २०७४’ जारी गर्दै पूर्वाधार विकास बैंकको अनुमति खुलाएको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन–२०७३ मा भएको व्यवस्थाबमोजिम पूर्वाधार विकास बैंक स्थापनाको प्रक्रिया अघि बढाएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए ।

यो निर्णयसँगै अब पूर्वाधार विकास बैंक स्थापनाको प्रक्रियाले गति लिने भएको छ ।नयाँ पत्रिका 

Related posts

Leave a Comment