नेपालीलाई कतारबाट डिर्पोट गरियोस भन्ने अष्टेलिया बस्ने दिपा राईले हारिन, लामिछाने रिहा

 

अष्ट्रेलियामा बस्ने दिपा राईले फसाउने नियतले कतार प्रहरीलाई गरेको उजुरीका आधारमा गएको अगष्टमा पक्राउ भएका एक नेपाली ४० दिनपछि रिहा भएका छन ।
अष्ट्रेलियबाट आफुले नेपालका नेताहरुबारे गरेको अश्लिल पोष्टमा कमेन्ट गरेको भन्दै राईले गरेको उजुरीका आधारमा कतार प्रहरीले गोरखाका दीपक लामिछानेलाई पक्राउ गरेको थियो ।
राईले सापकोटालाई डिर्पोट गरियोस भनेर उजुरी गरेको भएपनि उनले गलत नियतले गरेको प्रमाण कतार प्रहरीले भेटेपछि निशर्त रिहा गरेको हो ।
सापकोटालाई छुटाउन कतारस्थित नेपाली दुतावासले महत्वपूर्ण भूमिका खेलेको रिहा भएपछि लामिछानेले प्रतिक्रिया दिएका छन ।
गएको जेठ महिनामा अस्ट्रेलियाको जाने कार्यक्रम रद्द गरेका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई फेसबुकमा अश्लिल गालीगलौज गरेकी राईको प्रतिउत्तरमा लामिछानेले कमेण्ट गरेका थिए ।
सोही कमेन्टको बिषयलाई लिएर राईले कतारको अध्यागमनमा ति नेपाली युवकलाई तत्काल डिपोर्ट गर्न माग गदै उजुरी दर्ता गरेकी थिईन ।
राईले गलत गरेको भन्दै उनको सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि राईले माफी माग्दै उजुरी फिर्ता लिएपनि कतारको अध्यगमनले भने यसको छिनोफानो लगाउन निक्कै समय लगाएको थियो ।

 

Related posts

Leave a Comment