राहत र उद्दारका लागि एमालेले जनवर्गीय संगठन खटायाे

काठमाडौं । बाढी प्रभावितहरुको उद्धारका लागी नेकपा एमालेले प्रभावित जिल्लाहरुमा जनर्वीय संगठन खटाएको छ ।

बाढी प्रभावित जिल्लाहरुमा राहत तथा उद्दारका लागि जनवर्गीय संगठनहरुलाई खटाउनुको साथै सरकारसँग पीडितहरुको उद्दार, राहत र पुनस्र्थापनामा राज्यको सम्पूर्ण शक्ति लगाउन माग गरेको छ ।

एमालेका अनुसार सप्तरीमा युवा संघ र भूमिहीन सुकुम्बासी संगठन, सिराहामा अनेरास्ववियु, धनुषामा अखिल नेपाल महिला संघ, महोत्तरीमा लोकतान्त्रिक मधेसी संगठन र आदिवासी महासंघ, सर्लाहीमा अखिल नेपाल किसान संघ, रौतहटमा बुद्धिजिवी परिषद् र मानवअधिकार एलाइन्स र बारामा खेलकुद महासंघलाई खटाइएको छ ।

उता पर्सामा जिफन्ट, झापामा जनसाँस्कृतिक महासंघ र मुक्ति समाज, मोरङमा पेसागत महासंघ, सुनसरीमा उद्योग वाणिज्य र कानुन व्यवसायी, बर्दियामा भूपू सैनिक संघ, बाँकेमा मानवअधिकार एलाइन्स र कपिलबस्तुमा मुस्लिम इत्तेहाद संगठन र लोकतान्त्रिक अपांग संघलाई खटाएको एमालेले जनाएको छ ।

Related posts

Leave a Comment