रम्भा गाउँपालिकाको बजेट रु २८ करोड

पाल्पा । पाल्पा जिल्लाको रम्भा गाउँपालिकाले रु २८ करोड २३ लाख ६८ हजार २८२ को बजेट विनियोजन गरेको छ ।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बिहीबार पत्रकारसम्मेलनमार्फत प्रथम गाउँसभाबाट पारित गरिएका बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।

आर्थिक वर्ष २०७४/७५ मा गतवर्षको बाँकी रकम रु ८३ लाख १५ हजार २८५, राजश्व बाँडफाँडतर्फ रु दश लाख, आन्तरिक स्रोत रु दश लाख, केन्द्रीय अनुदान रु २३ करोड ५३ लाख ५२ हजार, सामाजिक सुरक्षा रु तीन करोड ५० लाख, दलित बालपोषण रु १७ लाख गरी रु २८ करोड २३ लाख ६८ हजार २८२ बजेट विनियोजन गरेको भण्डारीले बताउनुभयो ।

गाउँपालिकालाई सडक सञ्जाल विस्तारका लागि रु दुई करोड ६८ लाख ९५ हजार, भवन निर्माणमा रु एक करोड ५२ लाख ६० हजार, खानेपानीमा रु ६१ लाख ३० हजार, फर्निचरमा रु १५ लाख, सिँचाइमा रु २१ लाख १० हजार, वातावरणमा रु चार लाख र खेलकुद रु १५ लाख ५० हजार बजेट विनियोन गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

त्यसैगरी, लक्षित वर्गमा रु ६५ लाख ५१ हजार, पर्यटनमा रु १२ लाख ५० हजार, कृषिमा रु नौ लाख २० हजार, उद्योगमा रु ६ लाख, विद्युत्मा रु ३२ लाख, विपद्मा रु दश लाख र विविधमा रु एक करोड ७० लाख ७० हजार गाउँपालिकाको विकास र समृद्धिका लागि बजेट छुट्याएको भण्डारीले बताउनुभयो ।

यसैगरी, मेसिनरी औजारमा रु १३ लाख ५० हजार, गाडी खरिदमा रु ५० लाख गरी १६ शीर्षकमा रु नौ करोड दुई लाख ४६ हजार बराबरको बजेट विनियोजन गरिएको छ । प्रशासनिक खर्चतर्फ रु पाँच करोड ११ लाख ७५ हजार, भैपरी आउनेमा रु २९ लाख १८ हजार २८२, वित्तीय अनुदान रु १० करोड १३ लाख २९ हजार, सामाजिक सुरक्षामा रु तीन करोड ५० लाख, दलित बालपोषणमा रु १७ लाख गरी रु १९ करोड २१ लाख २२ हजार २८२ बजेट गाउँपालिकाले विनियोजन गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

गाउँपालिकाको गाउँसभाले सडक, शिक्षा, खानेपानी, विद्युत्, कृषि, सिँचाइ, पर्यटन र स्वास्थ्यलाई प्रमुख प्राथमिकतासहित बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताउनुभयो । गाउँपालिकाले प्रत्येक वडामा रु ८० लाख बराबरका योजना वडास्तरबाट छनौट गर्नेछ ।

Related posts

Leave a Comment