रौतहटमा मदिरा बिक्रीमा प्रतिबन्ध

रौतहट। बुधबारबाट स्थानीय प्रशासनले रौतहटमा मदिरा बिक्रीमा पूर्ण रोक लगाएको छ । असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै रक्सीको बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकबाट मतपरिणाम सार्वजनिक नभएसम्म जिल्लाको विभिन्न ठाउँमा रक्सी बिक्री वितरणमा रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सदरमुकाम गौर लगायत ग्रामीण भेगमा अवस्थित गाउँ गाउँमा हुँदै आएको मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी उदव बहादुर थापाले बताएका छन् ।

रक्सी सेवन गरी होहल्ला गर्दा शान्ति सुरक्षामा असर पर्ने भएकोले शहरदेखि गाउँसम्म कडाईका साथ मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेलले बताएका छन् ।

स्थानीय प्रशासनले जारी गरेको आदेश अवज्ञा गरी रक्सी बिक्री वितरण सेवन गरेको पाइएमा नियन्त्रणमा लिई कारबाही गरिने उपरीक्षक पोखरेलले चेतावनी दिएका छन् ।

 

Related posts

Leave a Comment