सप्तकोशीमा पानीको बहाब प्रतिसकेन्ड २ लाख ८७ हजार ३ सय २२ क्यूसेक

सप्तरी । सप्तकोशी नदीमा पानीको बहाब प्रतिसकेन्ड २ लाख ८७ हजार ३ सय २२ क्यूसेक पुगेको छ । अहिले स्थानीय प्रशासनले त्यहाँ हाई एलर्ट जारी गरेको छ ।

पानीको बहाब बढ्दै गएपछि प्रशासकले हाई एलर्ट जारी गरेको हो । नदीमा पानीको बहाव निरन्तर वृद्धि भइरहेकाले कोशी प्रशासकले हाई एलर्ट जारी उच्च सतर्कता अपनाएको छ ।

ब्यारेजका ५६ मध्ये ३६ वटा ढोका खुल्ला गरिएको ब्यारेज स्थित कोशी नियन्त्रण शाखाले जनाएको छ ।

Related posts

One thought on “सप्तकोशीमा पानीको बहाब प्रतिसकेन्ड २ लाख ८७ हजार ३ सय २२ क्यूसेक

Leave a Comment